चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो ६ लाख दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना
काठमाडौं – चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोन गाडीको आधिकारिक वितरक...
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले आफ्नो आधिकारिक पेजमार्फत यस्तो सञ्जालमा सक्रियता बढाउँदै लगेका छन् । आफ्नो कम्पनी र उत्पादनको बारेमा आम उपभोक्तालाई जानकारी प्रदान गर्न यस्ता सञ्जाल प्रभावकारी बन्ने देखेर उनीहरु यस्तो सञ्जालमा सक्रिय हुन थालेका हुन् ।
अन्य व्यवसायको तुलनामा बढी नै ग्ल्यामरस मानिने अटोमोबाइल सम्बद्ध कम्पनीहरु त झन् यो मामिलामा बढी नै सक्रिय हुने नै भए । हाल नेपालमा कारोबार हुने प्रायः सबैजसो ब्रान्डका अटोमोबाइल उत्पादनले सामाजिक सञ्जालमा आफ्नो सक्रियता बढाउँदै लगेका छन् । यस्ता अधिकांश कम्पनीहरुले अन्य सञ्जालका साथै फेसबुक पेजमा सक्रियता बढाएका हुन् ।
नेपाली बजारमा कारोबार हुने ५ ठूला टु ह्विलर ब्रान्डमध्ये सामाजिक सञ्जालमा यामाहा सबैभन्दा बढी सक्रिय हुने गरेको छ । यामाहाको आधिकारिक फेसबुक पेज यामाहा नेपाललाई ६ लाख ४१ हजार प्रयोगकर्ताले लाइक गरेका छन् भने ६ लाख ५३ हजारले यो पेजलाई फलो गरेका छन् ।
यामाहापछि सर्बाधिक पेज लाइक भएको कम्पनी हो होन्डा नेपाल । होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीको यो आधिकारिक पेजमा हालसम्म ५ लाख ७६ हजार जनाले लाइक गरेका छन् भने ५ लाख ९३ हजार जनाले पेजलाई फलो गरेका छन् ।
त्यसैगरी बजाजको आधिकारिक पेज बजाज नेपाललाई ४ लाख ७३ हजार जनाले लाइक गरेका छन् भने ४ लाख ७७ हजारले यो पेज फलो गरेका छन् । बजाजकै पल्सर नेपाल नामको पेजलाई ८ लाख जनाले लाइक र ८ लाख ३७ हजारले फलो गरेका छन् ।
हिरोको आधिकारिक पेज एनजीएम हिरोलाई २ लाख ४ हजारले लाइक र २ लाख ५ हजार जनाले फलो गरेका छन् । पछिल्लो समय चर्चामा रहँदै आएको टीभीएस मोटर्सको आधिकारिक पेज जगदम्बा मोटर्स– टीभीएस पेजलाई १ लाख ७० हजारले लाइक र १ लाख ७४ हजारले फलो गरेका छन् । जगदम्बाले टीभीएसको बिक्री थालेको केही वर्षमात्र भएका कारण पनि अन्य कम्पनीको तुलनामा यसको पेज लाइक केही कम देखिएको हुन सक्छ ।
काठमाडौं – चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोन गाडीको आधिकारिक वितरक...
होन्डाले भारतमा उत्पादन गरेको एसयभुी एलिभेटलाई जापानमा निर्यात गर्न सुरु...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...