उपत्यकाका तीन वटै सर्भिस सेन्टरमा तीन दिन MOTORHEAD We Care Camp सञ्चालन हुने

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले आगामी भाद्र १३ देखि १५ गते सम्म ३ दिन Motorhead We Care Camp सञ्चालन गर्ने भएको छ ।

हाल काठमाडौं उपत्यकामा बालाजु, धोवीघाट र सल्लाघारीमा मोटरहेडको थ्रीएस सेन्टर रहेको छ । यी सबै सर्भिस सेन्टरमा हुने सर्भिस क्याम्पमार्फत ग्राहकलाई पूर्ण सन्तुष्टि दिने लक्ष्य राखिएको सर्भिस हेड विवेक पञ्जियार बताउँछन् । सो अवसरमा दक्ष इन्जिनियर र मेकानिक्सद्वारा विभिन्न चेकजाँच गरिने छ ।

ग्राहकलाई सर्भिस चार्जमा ५० प्रतिशत, पार्ट्स खरिदमा १५ प्रतिशत र लुब्रिकेन्टको खरिदमा ५ प्रतिशत छुट प्रदान गरिनुका साथै विशेष उपहार समेत प्रदान गरिने बताइएको छ ।

मोटरहेडले हालै धादिङ र मन्थलीमा थ्रीएस सेन्टरको शुभारम्भ गरेको छ । यो भन्दा पहिले काठमाडौं उपत्यकाको धोविघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा उपत्यका वाहिर इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा थ्रीएस सेन्टर रहेको छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ । हालै भित्रिएको नयाँ एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ छ । हालै भित्रिएको नयाँ एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रिएको छ । नेपालका...

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक...

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

काठमाडौं – नेपाली बजारमा मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...