३ वर्ष पुरानो ईभीमा एमजीले ६० प्रतिशत ‘बाइब्याक ग्यारेन्टि’ दिने
भारतमा एमजी ईभी खरिद गर्ने ग्राहकले ‘बाइब्याक ग्यारेन्टि’ पाउने भएका छन्...
अघिल्लो बर्ष भारतीय बजारमा एमजी जेडस ईभीलाई उतारेर चर्चामा आएको एमजी मोटर्सले विस्तारै कम मूल्यका कम्प्याक्ट एसयूभी र साना ह्याचब्याक ईभीको समेत उत्पादन गर्दै जाने योजना बनाएको छ । हाल एमजी जेडएस ईभीको मूल्य भारतीय बजारमा २१ देखि २४ लाख भारुसम्म कायम गरिएकोमा कम्पनीले निकट भविष्यमै २० लाख भन्दा कम मूल्यमा नयाँ एसयूभी उतार्ने योजना बनाएको छ ।
विस्तारै १० लाख मूल्यको हाराहारीमै खरिद गर्न सकिने साना एसयूभी र ह्याचब्याक समेत उत्पादन गर्ने कम्पनीको योजना छ । नयाँ ईभीलाई उसले चिनियाँ बजारमा हाल चर्चा कमाइरहेको प्यारेन्ट कम्पनी बीएआईसीको बाओजन ई२०० प्लेटफर्ममा उत्पादन गरिने बताइएको छ । यसलाई गत वर्षको अटो एक्सपोमा सार्वजनिक गरिएको थियो । आगामी वर्षहरुमा वार्षिक २० हजार हराहारी ईभी बिक्री गर्ने महत्वाकांक्षी योजना समेत कम्पनीले बनाएको छ ।
भारतीय बजारमा टाटा नेक्सन ईभीको लोकप्रियता चुलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै उसलाई टक्कर दिने गरी नयाँ जेडएस ईभीभन्दा केही सानो एसयूभी सार्वजनिक गरिने कम्पनीले बताएको छ । नाम सार्वजनिक नगरिएको उक्त एसयूभीले ४१९ किलोमिटर रेन्ज प्रदान गर्नेछ । यो एसयूभीमा ४४.५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ । भारतीय बजारलाई मध्यनजर गर्दै नयाँ गाडीको पर्फमेन्स, डिजाइन र ग्राउन्ड क्लियरेन्समा विशेष ध्यान दिइने समेत कम्पनीको भनाइ छ ।
एमजीले बिस्तारै बजेट ईभीमा जोड दिने र सन् २०२४ पछि साना र सस्ता कारको उत्पादनमा ध्यान केन्द्रित गर्दै जाने उद्घोष गरेको छ । सन् २०२४ पछि बार्षिक २० हजार बढी यस्ता ईभी बिक्री गर्ने एमजीको योजना छ ।
भारतमा एमजी ईभी खरिद गर्ने ग्राहकले ‘बाइब्याक ग्यारेन्टि’ पाउने भएका छन्...
काठमाडौं – हाल चर्चामा रहेको एमजी जेडएस ईभी आगलागीको कारण सर्ट सर्किट भएको...
काठमाडौं – जुनसुकै ब्रान्डका पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...