यामाहा फेसिनो किन्दा ३ फाइदा : ३० प्रतिशत रकम बुझाउदा हुने, ३ किस्ता छुट

काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा फेसिनो १२५ एफआई स्कुटर किन्दा ३ फाइदा हुने गरी नयाँ अफर सार्वजनिक गरेको छ ।

नेपाली बजारमा यो स्कुटरको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ छ । स्कुटरलाई ३० प्रतिशत डाउन पेमेन्ट तिरेर शुरुमै आफ्नो बनाउन सकिन्छ । यसका लागि शुरुमा ८० हजार ७० रुपैयाँ बुझाउनु पर्छ ।

त्यसैगरी ३ वटा मासिक किस्ता तिर्न नपर्ने व्यवस्था गरिएको छ । अनि सबै गरी ३० वटा किस्ता मध्ये ३ वटा किस्ता छुट हुँदा २७ किस्ता मात्रै बुझाउन सकिने छ ।

यामाहा नेपालले यसको लागि उपलब्ध गराइएको स्किमको नाम ‘थ्री इज द कि’ राखेको छ ।

१२५ सीसीको बीएस ६ मापदण्डको फ्युल इन्जेक्टेड इन्जिन भएको फेसिनोले ८.२ पिएस पावर र ९.७ एनएम टर्क जेनेरेट गर्छ।

यसमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) प्रविधि राखिएको छ जसले एकै दबाबमा सजिलै इन्जिन ‘अन’हुन्छ। साथै, इन्टरनेशनल यामाहा सिरिजहरुमा जस्तै फेसिनो १२५ मा पनि ‘साइड स्ट्याण्ड इन्जिन कट–अफ स्वीच’ राखिएको छ। त्यसैगरी राइडरको सुरक्षालाई ध्यानमा राखेर यसमा‘युनिफाइड ब्रेकिङ्ग सिस्टम’ (युबिएस) र ‘फ्रन्ट डिस्क ब्रेक’जडान गरिएको छ।

सम्बन्धित समाचारहरू

यामाहा नेपालद्वारा गोरखामा नयाँ शोरुमका साथ एफजेड र एमटी श्रृंखलाका नयाँ भेरिएन्ट सार्वजनिक

यामाहा नेपालद्वारा गोरखामा नयाँ शोरुमका साथ एफजेड र एमटी श्रृंखलाका नयाँ भेरिएन्ट सार्वजनिक

काठमाडौं – यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ थ्रीएस...

यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ

यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ

काठमाडौँ— यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लु...

यामाहाले नेपालमा ल्यायो रे–जेडआर १२५ एफआई स्ट्रिट -याली हाइब्रिड, यस्ता छन् विशेषता

यामाहाले नेपालमा ल्यायो रे–जेडआर १२५ एफआई स्ट्रिट -याली हाइब्रिड, यस्ता छन् विशेषता

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...