पुराना गाडीसँग प्रोटोन सागा र एक्स७० साट्न सकिने, विभिन्न अफर उपलब्ध

काठमाडौं – प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पुराना कुनै पनि ब्रान्डका गाडीसँग प्रोटोन सागा र एक्स७० साट्न सकिने अफर ल्याएको छ ।

प्रोटोन एक्सचेन्ज बोनसको वर्षा नाम दिइएको सो अफर अन्तर्गत एक्सचेन्ज बोनसको रुपमा ५० हजार देखि ३ लाख रुपैयाँ सम्म प्रदान गरिने बताइएको छ । त्यसैगरी ८.४९ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मका लागि वा निश्चित ब्याजदरमा ७ वर्षका लागि अटो लोन उपलब्ध हुनेछ ।

नेपाली बजारमा सबैभन्दा पहिले प्रोटोन सागा र त्यसपछि प्रोटोन एक्स७० गाडी भित्रिएको हो । प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार र एक्स७० को मूल्य ८६ लाख ९९ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।

प्रोटोनका गाडीहरुमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुने जगदम्बा मोटर्सले जनाएको छ ।

नेपाली बजारमा उपलब्ध प्रोटोन मलेसियन कम्पनी हो ।

सम्बन्धित समाचारहरू

टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु कलरमा उपलब्ध

टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु कलरमा उपलब्ध

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

सन् २०२३ : फिचर र गुणस्तरका कारण चर्चामा यी हेभी बाइक

सन् २०२३ : फिचर र गुणस्तरका कारण चर्चामा यी हेभी बाइक

सन् २०२३ मा भारतीय बजारमा धेरै कम्पनीले नयाँ मोडल ल्याएका छन् । केही...

नयाँ बानेश्वरमा खुल्यो टीभीएसको नयाँ शोरुम सान्भी अटो लिंक

नयाँ बानेश्वरमा खुल्यो टीभीएसको नयाँ शोरुम सान्भी अटो लिंक

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...