यामाहाले ल्याउदै छ आर२, दर्ता भयो ब्रान्ड नेम

यामाहाले बजारमा दुई नयाँ बाइक उपलब्ध गराउने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ । आर सिरिजको रुपमा बजारमा आउने ती बाइक मध्ये एक आर२ हुने अनुमान गरिएको छ ।

यामाहाले केही समय पहिले एफजेड–एक्स बाइक लन्च गरिसकेको छ । त्यसैगरी हालै आर२ नामको ट्रेडमार्क दर्ता गराएको छ । यसका आधारमा कम्पनीले २०० सीसी इन्जिनयुक्त नयाँ बाइक बजारमा ल्याउने तयारी गरिरहेको अनुमान गरिएको छ ।

यद्यपि कम्पनीले आधिकारिक रुपमा यसको जानकारी दिएको छैन । केही दिन पहिले देखि नै लगातार रुपमा विभिन्न टिजर तस्बिरहरु सार्वजनिक भइरहेका छन् र यसका आधारमा धेरैले त्यो बाइक आर१५ भी४ भएको हुन सक्ने अनुमान गरिरहेका थिए । तर अब भने यो बाइक आर२ हुन सक्ने अनुमान समेत हुन थालेको छ ।

हाल बजारमा टीभीएस अपाचे आरटीआर २०० ४भी, बजाज पल्सर एनएस२०० र होन्डा हर्नेट २.० जस्ता बाइकले राम्रो बजार लिइरहेको समयमा यामाहाको २०० सीसीको सो बाइक समेत आयो भने अर्को प्रतिस्पर्धि थपिने छ ।

सम्बन्धित समाचारहरू

यामाहाको माइलेज च्यालेन्ज -याली सम्पन्न, ८३.३३ किमी माइलेजका साथ प्रथम बने मोक्तान

यामाहाको माइलेज च्यालेन्ज -याली सम्पन्न, ८३.३३ किमी माइलेजका साथ प्रथम बने मोक्तान

काठमाडौं – यामाहाको मोटरसाइकल तथा स्कुटको आधिकारीक बिक्रेता...

यामाहा ब्लू फेस्ट प्रारम्भ, एफजेड एफआई न्यू जेन मोटरसाइकल लन्च

यामाहा ब्लू फेस्ट प्रारम्भ, एफजेड एफआई न्यू जेन मोटरसाइकल लन्च

काठमाडौं–यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

पोखरामा यामाहा ब्लु फेस्ट २०८२ को सुरुवात, यस्तो छ छुट र सुबिधा

पोखरामा यामाहा ब्लु फेस्ट २०८२ को सुरुवात, यस्तो छ छुट र सुबिधा

काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...