वर्ष २०७९ मा नेपाल आए यी नयाँ इलेक्ट्रिक कार, मूल्य २३ लाख ५० हजारदेखी ९० लाखसम्म
काठमाडौं– वर्ष २०७९ मा विभिन्न ब्रान्डका नयाँ इलेक्ट्रिक कार नेपाल आएका...
हिरो मोटोकर्पले अब आउने इलेक्ट्रिक स्कुटरको पहिलो झलक सार्वजनिक गरेको छ । कम्पनीले चाँडै नै पहिलो इलेक्ट्रिक मोडल लन्च गर्ने तयारी गरिरहेको छ । हिरो मोटोकर्पका चेयरम्यान पवन मुन्जालले हिरो मोटोकर्पको १०औं वार्षिकोत्सवको अवसरमा नयाँ इलेक्ट्रिक स्कुटरको झलक सार्वजनिक गरेका हुन् । यद्यपि नयाँ स्कुटरको वारेमा पुरै जानकारी भने सार्वजनिक गरिएको छैन ।
हिरो मोटोकर्पको इलेक्ट्रिक सेगमेन्टमा यो पहिलो कदम हुनेछ । ईभी क्षेत्रमा बजाज अटो र टीभीएस जस्तो टु ह्वील कम्पनीको पहिला नै इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको छ । हिरो मोटोकर्पको भने यो पहिलो इलेक्ट्रिक स्कुटर हुनेछ । जसको प्रतिस्पर्धा ओला, बजाज र टीभीएससँग हुनेछ ।
टिजरमा देखिएको इलेक्ट्रिक स्कुटरको डिजाइन निकै स्लिक देखिएको छ । यसमा सेतो र कालो रङ, फ्लाईस्क्रिन र लामो सिटको संयोजनको साथमा घुमाउरो वडी डिजाइन गरिएको छ । सो इलेक्ट्रिक स्कुटरमा फ्रन्टमा १२ इन्च र रियरमा १० इन्चको टायर जडान गरिएको छ ।
यही वर्ष अप्रिलमा हिरो मोटोकर्पले ताइवानको कम्पनी गोगोरोसँग ब्याट्री प्याक र टेक्निकल सुविधाको लागि सम्झौता गरेको थियो । नयाँ इलेक्ट्रिक स्कुटरको डिजाइन गोगोरोको इलेक्ट्रिक स्कुटर जस्तो भने देखिने छैन । तर केही एलिमेन्ट्स जस्तै सिंगल साइडेड स्विंगआर्म बजाज चेतक जस्तो देखिनेछ ।
लन्चिङ पछि हिरोको नयाँ इलेक्ट्रिक स्कुटरको ओला इलेक्ट्रिक स्कुटर, बजाज चेतक इलेक्ट्रिक, एथर ४५०एक्स टीभीएस आईक्युबसँग प्रतिस्पर्धा हुनेछ । हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर यही वर्षको अन्तमा बिक्रीको लागि तयार हुनेछ ।
काठमाडौं– वर्ष २०७९ मा विभिन्न ब्रान्डका नयाँ इलेक्ट्रिक कार नेपाल आएका...
भारतका चर्चित अभिनेता अमिताभ बच्चनले एक बाइकसँग लिफ्ट मागेको कार्यले...
काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...