एमजी र जियोको साझेदारी, एमजीको नयाँ कारमा कनेक्टेड टेक्नोलोजी समावेश गर्ने

एमजी मोटरले भारतीय बजारमा उपलब्ध हुने आफ्नो कारमा एड्भान्स कनेक्टेड टेक्नोलोजी समावेश गर्नका लागि टेलिकम कम्पनी जियोसँग साझेदारी गर्ने भएको छ । यी दुबै कम्पनी भारतीय बजारमा अत्याधुनिक कनेक्टेड कार सोलुसन उपलब्ध गराउनका लागि साझेदारी गरेका हुन् । एमजी मोटर इन्डियाले इन्टरनेट अफ थिङ्स स्पेसमा भारतका प्रमुख डिजिटल सर्भिसेस प्रोभाइडर जियोसँग साझेदारीको घोषणा गरेको हो ।

एमजी मोटर इन्डियाले हाल भारतीय बजारमा हेक्टर, हेक्टर प्लस, ग्लोस्टर र जेडएस इलेक्ट्रिक एसयूभी जस्ता मोडल बिक्री गररहेको छ । कम्पनीले आउँदो समयमा जियोको इन्टरनेट अफ थिङ्स सिमलेस इन्टिग्रेसन प्रविधिको प्रयोग गर्नेछ । कम्पनीले सो टेक्नोलोजी शहरी र ग्रामीण क्षेत्रमा हाई क्वालिटी कनेक्टिभिटीको साथमा जियोको इन्टरनेटको राम्रो लाभ उठाउने दावी गरेको छ ।

एमजीले भारतीय बजारमा हेक्टर एसयूभी पहिलो इन्टरनेट कारको रुपमा प्रस्तुत गरेको थियो । जियोको सो कनेक्टेड भेइकल सोलुसन हार्डवेयर, सफ्टवेयर र कनेक्टिभिटीको कम्बिनेसन रहेको छ । जसले युजर्सलाई यात्राको समयमा ट्रेडिङ इन्फोटेनमेन्ट र रियल टाइम टेलिमेटिक्ससम्म पु¥याउन सक्षम रहेको छ ।

एमजी मोटरले भारतीय बजारमा पहिलो पटक इन्टरनेट÷कनेक्टेड कार, अटोनोमस स्तरको एडीएएस टेक्नोलोजीको प्रयोग गरेको थियो । कम्पनीले प्रिमियम एसयूभी ग्लोस्टरको लेबल–१ अटोनोमस फिचरको साथमा लन्च गरेको थियो ।

एमजी र जियोको साझेदारीको मौकामा जियोका डायरेक्टर र प्रेसिडेन्ट किरण थोमसले जियो भारतीय युजर्सको लागि अत्याधुनिक टेक्नोलोजी प्रोडक्ट्स र सोलुुसनको इकोसिस्टम बनेको र एमजी मोटर इन्डियासँगको साझेदारी महत्वपूर्ण कदम भएको बताएका छन् ।

सम्बन्धित समाचारहरू

ठूलो ब्याट्री प्याकमा आयो एमजी विन्डसर, यस्तो छ मूल्य र फिचर

ठूलो ब्याट्री प्याकमा आयो एमजी विन्डसर, यस्तो छ मूल्य र फिचर

भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर...

सेमी–सोलिड स्टेट ब्याट्री भएको विश्वकै पहिलो ‘मास मार्केट’ ईभी बन्दै नयाँ एमजी४

सेमी–सोलिड स्टेट ब्याट्री भएको विश्वकै पहिलो ‘मास मार्केट’ ईभी बन्दै नयाँ एमजी४

एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...

एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स

एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स

आयात प्रतिवन्धका कारण नेपाल आउन रोकिएको एमजी एस्टर अव छिट्टै आउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...