फेरि नेपाल आउने भयो चाइनिज ब्रान्ड चेरी, सारदा ग्रुप बन्यो आधिकारिक वितरक

काठमाडौं – कुनै समयमा नेपाली बजारमा भित्रिएर बन्द भएको चाइनिज ब्रान्ड चेरी फेरि नेपाली बजारमा उपलब्ध हुने भएको छ । विश्व चर्चित चेरी ब्रान्डले नेपाली बजारको लागि आधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स प्रालिलाई नियुक्त गरेको छ ।

कम्पनी स्रोतका अनुसार चेरी ब्रान्डको गाडी नेपालमा चाँडै नै बिक्रीका लागि उपलब्ध हुनेछ । नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी इन्टरनेसनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

सन् १९९७ जनवरी ८ मा स्थापना भएको चेरी ब्रान्ड अटोमोबाइल्स कम्पनी लिमिटेडको उत्पादन लाइनबाट पहिलो कारले सन् १९९९ डिसेम्बर १८ मा बजार प्रवेश गरेको हो । हाल चेरी ब्रान्डको वार्षिक ९ लाख कार, इन्जिन र ४ लाख ट्रान्समिसन उत्पादन क्षमता रहेको छ । चेरी ब्रान्डले प्यासेन्जर र कमर्सियल सवारीसाधनको अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्दछ । चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देशमा फैलिएको छ ।

हाल विश्व बजारमा चेरी ब्रान्डका २० भन्दा बढी मोडलहरु बिक्री भैरहेका छन् भने कम्पनीले सुरक्षा, ऊर्जा बचत र वातावरण–अनुकूलतालाई ध्यानमा राखि भविष्यमा दर्जन भन्दा बढी मोडलहरु सार्वजनिक गर्ने योजना बनाएको छ । चेरीले क्रमिक रूपमा आईएसओ ९००१ र जर्मन टीयूभी रेनल्यान्ड आईएसओ टीएस१६९४९ आदिको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । यसका साथ्साथै कम्पनीले लगातार पाँच वर्षसम्म चीनमा ‘सर्वश्रेष्ठ विदेशी छवि उद्यम’ को सम्मानित उपाधि र उपकरण विनिर्माण उद्योगमा पहिलो स्थान हासिल गरको छ ।

चेरीले आफ्नो स्थापनादेखि विश्वव्यापीकरण रणनीति लागू गरेको छ र चीनको पहिलो प्यासेन्जर कार कम्पनी बनेको छ । हालसम्म, चेरीले ८० भन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरेको छ ।

नेपाली बजारमा करिब १० वर्ष पहिले सम्म चेरी ब्रान्डका टिग्गो, क्युक्यु३ लगायतका गाडी बिक्री–वितरण हुन्थे । बतास अर्गनाइजेसन अन्तर्गतको बामा मोटर्सको यसको आधिकारिक वितरक थियो । उपयुक्त रुपमा पार्ट्स तथा सर्भिसिङ उपलब्ध गराउन नसके पछि यसको बिक्री बन्द हुन पुगेको थियो ।

नेपाली बजारमा सारदा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले निसान र ड्याटसन गाडी बिक्री–वितरण गरिरहेको छ । अब यही ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स आधिकारिक वितरक बने पश्चात चेरी ब्रान्डले नेपाली बजारमा सुखद पुनरागमन गर्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा हालै आयोजना भएको ‘ बैंकक...

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...

एमजी विन्डसरले पायो उत्कृष्ट प्रतिक्रिया, पहिलो दिन नै बम्पर बुकिङ

एमजी विन्डसरले पायो उत्कृष्ट प्रतिक्रिया, पहिलो दिन नै बम्पर बुकिङ

एमजीको नयाँ इलेक्ट्रिक एसयूभी एमजी विन्डसरले ग्राहकहरुबाट उत्कृष्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...