मलेसियन प्रिमियम इन्टेलिजेन्ट एसयूभी प्रोटोन एक्स७० असार १६ गते लन्च हुने
काठमाडौं – आगामी असार १६ गते बुधबार नेपाली बजारमा मलेसियन प्रिमियम...
काठमाडौं – कलाकार तथा नेपालका लागि टीभीएस एनटर्क स्कुटरका ब्रान्ड एम्बेसडर प्रदीप खड्काले दाङको लमहीमा हिजो एक कार्यक्रमका बीच टीभीएसको हालै नेपाल भित्रिएको स्कुटर एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर सार्वजनिक गरे ।
जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख विक्रम पौडेल र लमही मोटर्सका प्रमुख सुदीप पाण्डे समेतको उपस्थितिमा सो स्कुटर सार्वजनिक गरिएको हो । जगदम्बा मोटर्सले हाल देशभरका सोरुममा सो स्कुटर सार्वजनिक गरिरहेको छ ।
टीभीएस एनटर्क नेपाली बजारमा निकै नै लोकप्रिय स्कुटर हो । हालै यो स्कुटर ५० हजार युनिट बिक्री भएको कम्पनीले घोषणा गरेको छ । नयाँ बीएस६ तथा यसमा भएको एफआई सिस्टमले १२५ सीसीको सो स्कुटर थप पावरफुल र उत्कृष्ट माइलेज दिने लमही मोटर्सका प्रमुख सुदीप पाण्डेले बताए । लमही मोटर्स केही दिन पहिले देखि मात्र सञ्चालनमा आएको टीभीएसको नयाँ सोरुम हो ।
एनटर्क सिरिज अन्तर्गतको यो स्कुटरमा बीएस ६ मापदण्डको आरटी एफआई इन्जिन जडान गरिएको छ । जसलाई कम्पनीले एफआई भन्दा पनि राम्रो दाबी गरेको छ । नयाँ स्कुटरको मूल्य २ लाख ७७ हजार ९ सय कायम गरिएको छ ।
नयाँ एनटर्कमा १२५ सीसी क्षमताको आरटीएफआई इन्जिन जडान गरिएको छ । जसको अर्थ हुन्छ रेस ट्युन्ड फ्युल इन्जेक्सन । यो प्रविधिका कारण यो स्कुटरले एफआई इन्जिन जडान गरिएका अन्य स्कुटरको तुलनामा थप पावर तथा पर्फमेन्स उपलब्ध गराउँछ । यो स्कुटरको अधिकतम पावर ९.२५ बीएचपी र टर्क १०.५ एनएम रहेको छ । यसको अधिकतम गति ९५ किलोमिटर प्रतिघण्टा रहेको छ भने स्कुटर स्टार्ट गरिएको ९ सकेन्डभित्रै ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ ।
सेग्मेन्टमै पहिलो फिचर्स अन्तर्गत यसमा अत्याधुनिक प्रविधिको स्मार्ट कनेक्ट फिचर्स उपलब्ध गराइएको छ । यो स्कुटरमा ब्लुटुथ कनेक्टेड स्पिडोमिटर, ६० फिचर्स समाबेश गरिएको पूर्णत डिजिटल कन्सोल, मल्टी मोड डिस्प्ले, फोन र म्यासेज र मिसकलका बारेमा सचेत गराउने फिचर्स, नेभिगेसन असिस्ट, इन्जिन टेम्पेचर इन्डिकेटर, फोन सिग्नल र फोन ब्याट्री स्ट्रेन्थ डिस्प्ले र अटो रिप्लाई एसएमएस जस्ता फिचर्स कनेक्ट गर्न सकिन्छ ।
काठमाडौं – आगामी असार १६ गते बुधबार नेपाली बजारमा मलेसियन प्रिमियम...
भारतले वर्ष २०२५ मा हालसम्मकै सर्बाधिक मोटरसाइकल तथा स्कुटर निर्यात गरेको...
विश्वभरि द्रुत रूपमा बढ्दो प्रदूषण स्तरलाई कम गर्नका लागि अटो निर्माता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...