एमजी मोटर्सको नयाँ एसयूभी भारतीय बजारमा विन्ड्सरको नामले लन्च गरिने
एमजी मोटर्सले आगामी अल इलेक्ट्रिक क्रसओभर ईभी भारतीय बजारमा एमजी विन्ड्सर...
लामो समयदेखि टिजर तस्बिर जारी गरे पश्चात अन्तमा एमजी मोटरको लेटेस्ट एसयूभी एमजी वान पुर्ण रुपमा सार्वजनिक गरिएको छ । यो आधिकारिक रुपमा ब्रान्डको नयाँ आर्किटेक्चर र डिजाइनको सुरुवातको प्रतीक मानिएको छ ।
कम्पनीले सो एसयूभीमा अत्याधुनिक डिजिटल टेक्नोलोजी समावेश गरेको दावी गरिएको छ । एमजी मोटरको यो नयाँ एसयूभी फेसनेबल र स्पोर्टी गरी दुई भर्सन र दुई रङ बबल ओरेन्ज र वाइल्डरनेस ग्रीनमा उपलब्ध रहेको छ ।
एमजी वानमा टेपरिङ रुफलाइन रहेको छ र यो पछाडि झुकेको छ । यसमा ड्युअल टोन कलर स्किम समावेश गरिएको छ जसको एक्सटेरियर प्रोफाइललाई हाइलाइट गर्छ । कारको फ्रन्टमा नयाँ डिजाइनको थ्रीडी ग्रिल समावेश गरिएको छ । एमजी वान एसयूभीमा १८ इन्चको अलोय ह्विल समावेश गरिएको छ ।
सो एसयूभी एमजीको नयाँ सिग्मा आर्किटेक्चरमा आधारित रहेको छ । यो मोड्यलर डिजाइन भएको प्लेटफर्म हो । एमजी वानमा एक्टिभ डिजिटल इकोसिस्टमको साथमा पावरफुल चिप टेक्नोलोजी उपलब्ध रहेको छ । सिग्मा प्लेटफर्मको प्रयोग इलेक्ट्रिक पावरट्रेनको लागि पनि गर्न सकिन्छ । सो कार कनेक्टेड कार हुनेछ ।
एमजी वानको क्याबिन ठूलो हुनेछ । सिग्मा आर्किटेक्चरले सुरुवाती चरणबाट इन्टेरियर स्पेसको साथै एक्सटेरियर बडी फ्लोलाई सन्तुलन गर्न मदत गर्छ । जसले इन्टेरियर स्पेस बढाउन मदत गर्छ ।
यद्यपि कम्पनीले अहिलेसम्म एसयूभीको इन्जिनको बारेमा जानकारी प्रस्ट पारेको छैन । रिपोर्टका अनुसार एमजी वानमा १.५ लिटर पेट्रोल इन्जिन समावेश गर्ने सम्भावना रहेको छ । सो इन्जिनले १७० देखि १८० बीएचपीको पावर र २५० देखि २६० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा ६ स्पिड म्यानुअल र ड्युअल क्लच अटोमेटिक गियरबक्स समावेश गरिने छ ।
एमजी वानमा एमजीको अन्य एसयूभीमा जस्तै कैयौ फिचर समावेश गरिने छ । सो कारको बिक्री यही वर्षको अन्तमा अन्तर्राष्ट्रिय रुपमा सुरु हुनेछ । रिपोर्टका अनुसार सो एसयूभी २०२२ मा भारतमा लन्च गरिनेछ । लन्चिङ पछि सो एसयूभीको किया सेल्टोस, हुन्डाई क्रेटा र सेगमेन्टको अन्य कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा हुनेछ ।
एमजी मोटर्सले आगामी अल इलेक्ट्रिक क्रसओभर ईभी भारतीय बजारमा एमजी विन्ड्सर...
एमजी मोटर इन्डियाले आफ्ना सबै मोडलमा पिएम २.५ एयर फिल्टर र एयर प्युरिफायर...
जेडी पावरले भारतामा अघिल्लो बर्षका लागी गरेको ‘कस्टमर सेल्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...