शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालि र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ । यस अनुसार अब टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन ईभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंक लिमिटेडको नेपालभरीका शाखाहरुमार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन ईभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शून्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाइनान्सको सुविधा उपलब्ध गराउनेछ । एनएमबी बैंकले विद्युतीय सवारीका लागि बेस रेट ७.३३ प्रतिशत तोकेको छ ।

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंक लिमिटेडका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीति अनुसार ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बैंकको भनाइ छ ।

नेपालमा हालै उपलब्ध नेक्सन ईभी तीन भेरिएन्टमा उपलब्ध छ । यसको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९९ हजार छ । त्यसैगरी अन्य दुई भेरिएन्टको मूल्य ३७ लाख ९९ हजार ३९ लाख ९९ हजार रुपैयाँ छ ।

नेक्सन ईभीको सबैभन्दा माथिल्लो भेरिएन्ट किन्न चाहने ग्राहकले पनि अब शुरुमा ८ लाख रुपैयाँ बुझाएर यो गाडी लिन सकिने छ । विद्युतीय सवारीमा ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध हुने भएकाले ग्राहकले यो सुविधा पाउने भएका हुन् ।

सम्बन्धित समाचारहरू

पन्च ईभीको भारतमा वुकिङ खुला, यस्ता छन् विशेषता

पन्च ईभीको भारतमा वुकिङ खुला, यस्ता छन् विशेषता

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई भारतमा...

इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्ड मार्फत कर्जा सुविधा

इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्ड मार्फत कर्जा सुविधा

काठमाडौँ – ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडि मोर्टर्स) र कुमारी...

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...