बिएमडब्लु र टाटा टेक मिलेर अटोमोटिभ सफ्टवेयर विकास गर्ने
बिएमडब्लु र टाटा टेक्नोलोजी मिलेर भारतमा अटोमोटिभ सफ्टवेयर विकास गर्ने...
अर्को सातादेखि क्रसफायर मोटरसाइकलको मूल्य वृद्धि हुने भएको छ । आयातकर्ता कम्पनी क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टका अनुसार २ वटा मोडलमा मूल्य वृद्धि गर्न लागिएको हो । जसमध्ये आरएम २५० को मूल्य ३५ हजार रुपैयाँले वृद्धि हुनेछ ।
कम्पनी स्रोतका अनुसार यो बाइकको मूल्य हाल ६ लाख ९० हजार रुपैयाँ छ । अब यसको मूल्य वृद्धि गरी ७ लाख २५ हजार रुपैयाँ पु¥याउन लागिएको छ । त्यसैगरी अर्को एचजे २५० को मूल्य ६ लाख ४५ हजारबाट ६ लाख ५५ हजार पुग्नेछ । यो मोडलमा भने १० हजार रुपैयाँले मूल्य वृद्धि गर्न लागिएको हो ।
डर्ट बाइक सेग्मेन्टमा राम्रो प्रभाव पार्न सफल क्रसफायरका हाल आरएम, एचजे र जीआर७ गरी ३ वटा मोडल उपलब्ध छन् । जसमध्ये जीआरको भने पुरानै मूल्य कायम गरिनेछ । यो बाइकको मूल्य हाल ५ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
मूल्य वृद्धि हुन लागेको जानकारी दिंदै कम्पनीले छिटोभन्दा छिटो पुरानै मूल्यमा मोटरसाइकल खरिद गर्न राइडरमाझ आह्वान समेत गरेको छ ।
बिएमडब्लु र टाटा टेक्नोलोजी मिलेर भारतमा अटोमोटिभ सफ्टवेयर विकास गर्ने...
प्रिमियम कारको बिक्रीमा बिएमडब्लुले मर्सिडिजलाई पछि पारेको छ । यो...
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...