चीनीयाँ ब्रान्डका ४ पिकअप, यस्तो छ इन्जिन, फिचर्स र मूल्य
पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त कार्गो राख्न...
काठमाडौं – नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक भित्रिएको छ । नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ ।
फोर्ड फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा ६ स्पिड टर्क कन्भर्टरको १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिन रहेको छ, जसले ९६ पीएस पावर र ११९ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिन बीएस६ मापदण्डयुक्त छ ।
टाइटेनियममा १५ इन्च आल्मुनियम र म्याग्नेसियमले भरिभराउ चक्का, उचाइ सन्तुलन चालक सिट र पछिल्लो लहरमा बस्नेका लागि हेडसेट, ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, म्यानुअल एसी, ह्विल माउन्टेड कन्ट्रोल स्टेयरिङ, डबल एयरब्याग, अटोमेटिक आउटसाइड मिटर र ईएसपी लगायत विशेषता रहेका छन् ।
यीबाहेक टाइटेनियम प्लसमा भने थप विशेषताका रुपमा साइड कर्टेन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, इलेक्ट्रोक्रोमिक आइआरभीएम, पावर फोल्डिङ मिरर, फ्रन्ट फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर तथा डिफोगर रहेका छन् ।
‘फोर्ड ग्राहकको सेवाका लागि सँधैँ प्रतिवद्ध छ र बहु बजारमा स्वचालित टेक्नोलोजी पेश गर्नमा गर्व गर्दछ,’ भारतका लागि फोर्डको विक्री तथा सेवा बजार प्रवन्धक विनय रैनाले भने, ‘अतुलनीय प्रदर्शन, सुरक्षा, उत्कृष्ट प्रविधका साथ सेग्मेन्ट आधार कनेक्टिभिटीमा सँधैँ गम्भीर रहने गरेकोमा फिगो टाइटेनियमले एएमटी त्यति मन नपराउने नयाँ खरिदकर्ताकामाझ उत्कृष्ट प्रदर्शनी गर्नेमा हामी ढुक्क छौँ ।’
फोर्ड फिगो एएमटी जस्ता लुकलाई मन नपराउने ग्राहकका लागि स्वचालित विकल्पका रुपमा यो गाडी नेपाली बजारमा उपलब्ध भएको छ । नयाँ फिगो एटी नयाँ स्पोर्ट मोडल र सेलेक्टसिफ्ट फिचरमा उपलब्ध छ, स्पोर्ट मोडले अप्टिकल गियरलाई तीव्र म्यानुअल्ली रुपमा गियर परिवर्तन गर्न सहज हुने गरी गियर प्रसारणको अनुमति दिन्छ ।
सुरक्षाका लागि नयाँ फिगोमा ६ एयरब्याग, ट्र्याक नियन्त्रण प्रणाली (टीसीएस) र हिल प्रक्षेपण सुविधा(एचएलए) लगायतका विभिन्न सुरक्षात्मक संयन्त्र छन् । ग्राहकले यसमा १ लाख किलोमिटर वा ३ वर्ष सम्म वारेन्टी प्राप्त गर्न सक्छन् । यो एकदमै न्यून मेन्टेनेन्स खर्चका साथ उपलब्ध छ । अन्य प्रतिस्पर्धीको ५ हजार किलोमिटरको अन्तराल सर्भिस रहनेमा फोर्ड फिगोको १० हजार किलोमिटर लामो अन्तराल सर्भिस रहेको बताइएको छ ।
डाइमन ह्वाइट, रुबी रेड, मुनडस्ट सिल्भर स्मोकी ग्रे तथा ह्वाइट गोल्ड कलरहरुमा यो गाडी उपलब्ध छ । नेपाली बजारमा फोर्ड फिगोले सुजुकी बलेनो , हुन्डाई ग्रान्ड आई १० नियोस, हुन्डाई आई २० र फक्सवागन पोलो ह्याचब्याकसँग प्रतिस्पर्धा गर्नेछ ।
पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त कार्गो राख्न...
काठमाडौं – भारतमा हिजो मात्रै लन्च भएको नयाँ जेनेरेसन फोर्स गोर्खा तिहार...
काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...