यामाहा एसजेड–आरआरः १५० सीसी क्षमताको सबैभन्दा सस्तो बाइक

नेपाली टु ह्विलर बजारमा १५० सीसी क्षमताका बाइक सर्बाधिक बिक्री हुने सेग्मेन्टमा पर्छ । हाल यो सेग्मेन्टमा बजाज, यामाहा, होन्डा र हिरोलगायत ब्रान्डका बाइक उपलब्ध छन् । यो सेग्मेन्टमा १५० देखि १६० सीसी क्षमतासम्मका बाइकलाई समेत समावेश गर्ने गरेको पाइन्छ । यद्यपि १५० माथि कट्ने बित्तिकै मूल्यमा ठूलो अन्तर पर्ने कारण यहाँ हामीले १५० सीसी क्षमताका ४ ब्रान्डबारे चर्चा गर्न गैरहेका छौ ।

यो सेग्मेन्टमा बजाजको पल्सर टीडी र एसडी, हिरोको हंक र होन्डाको सीबी युनिकर्न उपलब्ध रहँदै आएको छ । त्यसैगरी यामाहाको ५ वटा मोडल १५० सीसी क्षमतामा उपलब्ध छन् । यसको एसजेड–आरआर, एफजी १६, एफजी भी३, एफजीएस र एफजीएस भी३ १५० सीसी क्षमतामा उपलब्ध छन् । जसमध्ये एसजेड–आरआर यो सेग्मेन्टकै सस्तो र एफजीएस भी३ सर्बाधिक महंगो बाइकका रुपमा परिचित छन् । जसको मूल्य क्रमश २ लाख ४६ हजार ९ सय र ३ लाख ३४ हजार ९ सय रुपैयाँ पर्छ ।

यो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने पल्सर एसडीको मूल्य २ लाख ६८ हजार ९ सय र टीडी मोडलको २ लाख ८३ हजार ९ सय कायम गरिएको छ । हिरो हंकको मूल्य २ लाख ८२ हजार ५ सय र होन्डा युनिकर्नको २ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तो छ एसजेड–आरआरमा उपलब्ध पावर, फिचर्स तथा पर्फमेन्स
एसजेड–आरआर भर्सन २.० यामाहा मोटर्सको कम्युटर सेग्मेन्ट अन्तर्गतको पावरफुल र स्टाइलिस बाइक हो । यसमा यामाहाको ब्लुकोर टेक्नोलोजी प्रयोग गरिएको छ । यो मोटरसाइकलमा २ भल्व, सिंगल सिलिन्डरयुक्त कार्बुरेटर इन्जिन जडान गरिएको छ ।

यो मोटरसाइकलले यसअघिको मोडलको तुलनामा ११ प्रतिशत भन्दा बढी माइलेज दिने दाबी गरिएको छ । यसको अधिकतम पावर १२.१ पिएस र टर्क १२.८ एनएम रहेको छ । यो बाइकले प्रतिलिटर इन्धन खपतमा ५० किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

बाइकको अगाडि चक्कामा हाइड्रोलिक डिस्क र पछाडि ड्रम बे्रक र दुबै चक्कामा ट्युबलेस टायर जडान गरिएको छ । टेलिस्कोपिक फ्रन्ट सस्पेन्सनका कारण बाइकमा यात्रा गर्दा थकानको महशुस गर्नुपर्दैन । १६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकमा १४ लिटर फ्युल अट्ने ट्यांक जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत

यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत

यामाहाले आफ्नो चर्चित मोटरसाइकल आर१५ को उत्पादन १० लाख यूनिट नाघेको...

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान

काठमाडौं–यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र...

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

फेस्टिभल सिजनको सुरुवात भएसँगै अहिले विभिन्न कम्पनीहरुले धमाधम स्किम तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...