फोर्ड फिगो पश्चात अब फोर्ड एस्पायर पनि अटोमेटिक गियरबक्समा आउने

फोर्डले केही दिन पहिले फिगो ह्याचब्याकलाई अटोमेटिक गियरबक्सका साथ लन्च गरे पश्चात अब सब–कम्प्याक्ट सेडान एस्पायरमा पनि अटोमेटिक गियरबक्स प्रयोग गर्ने भएको छ । कम्पनीले यसमा करिव एक वर्ष पहिले अटोमेटिक गियरबक्स बन्द गरेको थियो ।

रिपोर्ट अनुसार फोर्ड एस्पायर पेट्रोल इन्जिन भेरिएन्टमा ६–स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सका साथ लन्च गरिने छ । फोर्ड फिगो जस्तै एस्पायरमा पनि १.२ लिटर पेट्रोल इन्जिनको प्रयोग गरिने छ, जसले ९५ बीएचपी पावर र ११९ एनएम टर्क जेनेरेट गर्छ । गत वर्ष बन्द हुनु भन्दा पहिले फोर्ड एस्पायरमा १.५ लिटर पेट्रोल भर्सनमा अटोमेटिक ट्रान्समिसनको विकल्प थियो ।

फोर्ड फिगो जस्तै एस्पायरको डिजेल भेरिएन्टमा भने म्यानुअल ट्रान्समिसन मात्र हुने सम्भावना छ । फिगो जस्तै एस्पायर सेडान कारले पनि १६ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।

नेपाली बजारमा पहिले देखि १.२ लिटर पेट्रोल इन्जिनयुक्त म्यानुअल भेरिएन्ट बिक्री हुँदै आएको छ । यसको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ सम्म छ । फोर्ड एस्पायर अटोमेटिक भेरिएन्टमा आए पश्चात यसको मूल्य हालको मोडल भन्दा करिव २ लाखको हाराहारी बढ्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

फोर्डले ल्यायो फेस्टिभ अफर, नगद छुटसहित ५० हजार मूल्य बरारबरको एसेसोरिज निशुल्क

फोर्डले ल्यायो फेस्टिभ अफर, नगद छुटसहित ५० हजार मूल्य बरारबरको एसेसोरिज निशुल्क

फोर्ड मोटरको नेपालका लागि आधिकारिक बितरक जीओ अटोमोबाइल्सले दर्शै÷तिहार...

फोर्डका आकाश गोल्छा भन्छन्, ‘सर्भिस र स्पेयर पार्ट्समा समस्या आउन दिने छैनौ’

फोर्डका आकाश गोल्छा भन्छन्, ‘सर्भिस र स्पेयर पार्ट्समा समस्या आउन दिने छैनौ’

काठमाडौं – फोर्डले भारत छाड्ने निर्णय गरेपछि पहिलोपटक नेपालस्थित...

बीएस६ इन्जिन र नयाँ फिचर सहित सार्वजनिक भयो फोर्सको नयाँ गोर्खा

बीएस६ इन्जिन र नयाँ फिचर सहित सार्वजनिक भयो फोर्सको नयाँ गोर्खा

भारतमा फोर्सको नयाँ गोर्खा सार्वजनिक भएको छ । बीएस६ इन्जिनयुक्त फोर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...