स्मार्ट जेनेरेसनका लागि टीभीएस स्मार्ट एक्सचेन्ज, पुरानो बाइकलाई थप १५ हजार भ्यालुएसन

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर रहेको सोरुममार्फत स्मार्ट एक्सचेन्ज शुरु गरेको छ । आज देखि देशभर रहेका टीभीएस सोरुममा हुने उक्त स्मार्ट एक्सचेन्जमा कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटरसँग नयाँ टीभीएस बाइक वा स्कुटर साट्न सकिने छ ।

आगामी साउन १५ गते सम्म सञ्चालन हुने उक्त एक्सचेन्जमा पुरानो बाइक वा स्कुटरलाई बजार मूल्यांकन भन्दा १५ हजार थप मूल्यांकन प्रदान गरिने बताइएको छ । त्यसैगरी नयाँ बाइक वा स्कुटरमा ८ हजार सम्म नगद छुट प्रदान गरिने छ ।

फाइनान्समार्फत खरिद गर्नका लागि शून्य प्रतिशत ब्याजदरको स्किम समेत उपलब्ध गराइने छ । यो योजना निश्चित समयका लागि मात्र लागू गरिएको र यसबाट लाभान्वित हुन कम्पनीले अनुरोध गरेको छ ।

देशका विभिन्न भागमा यो कार्यक्रम सञ्चालित भइरहेको र हालै खुलेका नयाँ सोरुमहरुले समेत उत्साहपूर्ण रुपमा यो कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । दाङको लमहीमा हालै खुलेको सोरुम लमही मोटर्सले समेत यो कार्यक्रम सञ्चालन गर्ने र यसबाट लाभान्वित हुन सकिने लमही मोटर्सका सञ्चालक सुदीप पाण्डेले बताए ।

टीभीएसले समय समयमा यस्ता एक्सचेन्ज कार्यक्रम आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

आधुनिक फिचर र सेफ्टीसहित २०२५ टीभीएस रेडर १२५ छिट्टै लन्च हुँदै

आधुनिक फिचर र सेफ्टीसहित २०२५ टीभीएस रेडर १२५ छिट्टै लन्च हुँदै

टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर १२५ भारतीय बजारमा...

नायक प्रदीप खड्काले लमहीमा सार्वजनिक गरे टीभीएस एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर

नायक प्रदीप खड्काले लमहीमा सार्वजनिक गरे टीभीएस एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर

काठमाडौं – कलाकार तथा नेपालका लागि टीभीएस एनटर्क स्कुटरका ब्रान्ड...

युवा आकर्षणका लागि टीभीएसले ल्याउदै छ अपाचे आरटीआर १६५ आरपी

युवा आकर्षणका लागि टीभीएसले ल्याउदै छ अपाचे आरटीआर १६५ आरपी

टीभीएस मोटर्स कम्पनीले अपाचे सिरिजमा नयाँ बाइक टीभीएस अपाचे आरटीआर १६५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...