यस्तो हुनेछ आर१५ भी४, स्पाई सट पश्चात आयो डिजाइन रेन्डरिङ

भारतको गाजियाबादस्थित बजाजको फ्याक्ट्री नजिकै परीक्षण गरिरहेको अवस्थामा आर१५ को हालको मोडल जस्तै बाइक देखिएको समाचार भारतीय मिडियाहरुले सार्वजनिक गरेका छन् । साइडबाट र पछिल्लो भागमा हेर्दा आर१५ को हालको मोडल जस्तै देखिने भए पनि यसको फ्रन्टमा भने केही परिवर्तन देखिन्छ ।

यसका आधारमा सो बाइक आर१५ को भर्सन ४ भएको अनुमान गरिएको छ । त्यसैगरी यसमा भएको सेन्टर हेडल्याम्प र दुवैतिर भएको ट्विन डीआरएल चाहिं धेरैजसो आर७ जस्तै लाग्छ । यसका आधारमा अबको आर१५ भी४ बाइक आर७ सँग धेरै मिल्ने अनुमान गरिएको छ ।

यी सबै तथ्यका आधारमा एक जना डिजाइनरले बनाएको यामाहा आर१५ भी४ को डिजाइन रेन्डरिङ इन्टरनेटमा भाइरल बनेको छ । आगामी दिनमा यामाहाको यो बाइकको डिजाइन यस्तो हुनेछ भनी यसमा अनुमान गरिएको छ ।

१५५ सीसी स्पोर्ट्स्टर सो बाइकमा कन्भेन्सनल टेलिस्कोपिक सस्पेन्सन वा यो भन्दा अपग्रेडेड अपसाइड डाउन फोर्क पनि हुन सक्छ । त्यसैगरी ब्लुटुथ कम्प्याटिबल नयाँ डिजिटल कन्सोलका साथै ड्युअल च्यानल एबीएस र ६ स्पिड गियरबक्स आदि हुन सक्छ भनिएको छ ।

यामाहाले पहिले नै बजारमा नयाँ मोडलका बाइक ल्याउने तयारी भइरहेको बताएको छ । यसका आधारमा आगामी सेप्टेम्बर अक्टोबर महिनामै यो अन्तर्राष्ट्रिय बजारमा आइसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल सुपर लिगमा यामाहा रे जेडआर हाइब्रिडको हेल्मेट -याक

नेपाल सुपर लिगमा यामाहा रे जेडआर हाइब्रिडको हेल्मेट -याक

दुई पांग्रे सवारी साधनमा लोकप्रिय बनेको यामाहा रे जेडआर हाइब्रिड १२५ ले...

बढ्यो यामाहा मोटरसाइकल र स्कुटरको मूल्य : यस्तो छ नयाँ मूल्य सूची

बढ्यो यामाहा मोटरसाइकल र स्कुटरको मूल्य : यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा यामाहा मोटरसाइकल र स्कुटरको फेरि मूल्य वृद्धि...

यामाहाले ल्यायो भ्यालेन्टाइन स्कीम, यस्तो छ छुट र सुविधा

यामाहाले ल्यायो भ्यालेन्टाइन स्कीम, यस्तो छ छुट र सुविधा

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...