अफरोड एसयूभी फोर्स गुर्खा अब ९ सिटरमा आउने
फोर्स गुर्खा अफरोड एसयूभी अतिरिक्त स्पेस सहितको ९ सिटर मोडल परीक्षण...
भारतमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक लन्च भएको छ । यसको मूल्य ७ लाख ७५ हजार देखि ८ लाख २० हजार भारु सम्म तोकिएको छ ।
नयाँ ६–स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सयुक्त फोर्ड फिगो हाल उपलब्ध १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनयुक्त ह्याचब्याकसँग पेयर गरिएको हो । उक्त इन्जिनले ९६ एचपी पावर ११९ एनएम टर्क जेनेरेट गर्छ । यसले गर्दा फोर्ड फिगो यसका अन्य प्रतिस्पर्धि भन्दा शक्तिशाली बनेको छ । डिजेल इन्जिनयुक्त फिगोमा भने अटोमेटिक गियरबक्स छैन ।
यसमा गियरलाई म्यानुअल रुपमा कन्ट्रोल गर्नका लागि ‘सेलेक्ट सिफ्ट’ मोड रहेको छ । गियर लिभरमा रहेको टोगल स्विचले गियरलाई माथि वा तल परिवर्तन गर्न सहयोग गर्छ । त्यसैगरी बेटर पर्फमेन्सका लागि गियर सिफ्ट अप्टिमाइज गर्न स्पोर्ट मोड प्रयोग गर्न सकिन्छ ।
फिगो अटोमेटिकमा इम्बेडेड नेभिगेसन सहितको ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फोर्डपास कनेक्टेड एप, अटोमेटिक एयर कन्डिसनिङ, इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभीएम, हाइट एड्जस्टेबल ड्राइभर सिट, पुस बटन स्टार्ट, रेन सेन्सिङ वाइपर, अटो हेडल्याम्प र रिमोट किलेस इन्ट्री आदि फिचर उपलब्ध छन् ।
सुरक्षाका लागि गाडीमा ६ एयरब्याग, रियर पार्किङ क्यामेरा, ईबीडी सहितको एबीएस, ट्रयाक्सन कन्ट्रोल र हिल लन्च असिस्ट आदि उपलब्ध छन् । यसमा भएको १५ इन्च अलोय ह्विलमा ड्युअल टोन डिजाइन छ ।
फोर्डको यो नयाँ फिगो ह्याचब्याकले सुजुकी स्विफ्ट र बलेनो तथा हुन्डाई ग्रान्ड आई१० नियोस जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली बजारमा समेत फोर्ड फिगो अटोमेटिक उपलब्ध गराउने तयारी भइरहेको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स स्रोतले बताएको छ । मध्य अगस्ट भित्रै यो गाडी नेपाली बजारमा उपलब्ध हुनेछ ।
हाल नेपाली बजारमा फोर्ड फिगो म्यानुअल बिक्री भइरहेको छ । यसको सुरुवाती मूल्य ३० लाख ९९ हजार रुपैयाँ छ । नेपाली बजारमा उपलब्ध भए पश्चात फोर्ड फिगो अटोमेटिकको मूल्य म्यानुअल भन्दा २ देखि ३ लाख रुपैयाँ सम्म महंगो हुने अनुमान गर्न सकिन्छ ।
फोर्स गुर्खा अफरोड एसयूभी अतिरिक्त स्पेस सहितको ९ सिटर मोडल परीक्षण...
काठमाडौं – फोर्ड गाडी किन्ने ग्राहकको १० वर्षसम्मको इन्धन खर्च कम्पनीले...
काठमाडौं – फोर्डको नेपालका लागि आधिकरिक वितरक जीओ अटोमोबाइल्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...