३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
उद्योगी एवं व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अटोमोबाइल व्यवसायी शेखर गोल्छा चयन भएको केही समय लगत्तै अर्को संठन नेपाल उद्योग परिसंघमा समेत अटोमोबाइल व्यवसायी विष्णु अग्रवाल चयन भएका छन् । हिजो सम्पन्न परिसंघको १८औं वार्षिक साधरणसभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् । यसअघि उनी परिसंघमा वरिष्ठ उपाध्यक्ष थिए ।
अध्यक्षमा चयन भएका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् । उनको यो ग्रुपले नेपालमा आधा दर्जन बढी ब्रान्डका सवारीसाधन आयात गरी कारोबार गर्दै आइरहेको छ । ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरुले यामाहा मोटरसाइकल, जेसिबी हेभी इक्विपमेन्ट, स्कोडा र फिएट तथा जिप ब्रान्डका कार, चिनियाँ ब्रान्ड फोटोनका मिनीबस तथा पिकअप, मान ब्रान्डको कर्मसियल भेइकल र एचपी ब्रान्डको लुब्रिकेन्ट्स आयात गरी कारोबार गर्दै आइरहेको छ । साथै सोही ग्रुप अन्तर्गतको अर्को कम्पनी भीआर होल्डिङले चेक रिपब्लिकको एलइटी जहाज समेत आयात गरी कारोबार गर्दै आइरहेको छ ।
अटोमोबाइल व्यवसायमा रोल मोडल बनेर उदाएका अग्रवाल संलग्न कम्पनीले कारोबार गर्ने प्रायः सबैजसो ब्रान्डका सवारीसाधन नेपाली अटोबजारमा स्थापित बनेका छन् । जापनिज टु ह्विलर ब्रान्ड यामाहा, विश्व प्रख्यात हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबी, चेक रिपब्लिकन ब्रान्ड स्कोडा र अमेरिकन आइकनिक ब्रान्ड जिपले नेपालको अटोबजारमा निकै राम्रो छाप पारिरहेको छ । आक्रामक बजार रणनीति र बिक्री पछिको सेवामा समर्पित बनेका कारण उनी संलग्न कम्पनीले कारोबार गर्ने हरेक ब्रान्ड सफल सावित बनेका हुन् ।

परिसंघको नयाँ कार्यसमितिमा उनी सहित निसान तथा ड्याट्सन गाडीको आधिकारिक बितरक पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दिप शारडा, टीभीएस मोटरसाइकलको आधिकारिक बितरक जगदम्बा मोटर्सका निर्देशक सुलभ अग्रवाल, फक्सवागन र रेनो लगायत आधा दर्जन बढी ब्रान्डको कारोबारमा संलग्न विशाल ग्रुपका निर्देशक अनुज अग्रवाल र बीकेटी टायर आयातकर्ता डेल्टा डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक बिक्रम सिंघानिया समेत चयन भएका छन् ।
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...