यामाहा एफजेड २५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन भारतमा लन्च, यस्तो छ मूल्य र फिचर

यामाहा मोटर इन्डियाको लोकप्रिय बाइक यामाहा एफजेड २५ को नयाँ एडिसन लन्च भएको छ । भारतमा सो बाइकको एक्स शोरुम मूल्य १ लाख ३६ हजार ८०० भारु तोकिएको छ ।

कम्पनीले सो बाइकको लिमिटेड युनिट मात्र प्रोडक्शन गर्ने घोषणा गरेको छ । यद्यपि कम्पनीले यसको बारेमा केही जानकारी दिएको छैन । सो मोटोजीपी भेरिएन्टमा केही कस्मेटिक परिवर्तन देख्न सकिन्छ । कम्पनीले द कल अफ द ब्लु अभियानमा एफजेड २५ मोन्स्टर एनर्जी यामाहा मोटोजीपी एडिसन लन्च गरेको हो ।

यामाहा एफजेड २५ को स्पेशल एडिसनमा ट्यांक श्राउड, फ्युल ट्यांक र साइड प्यानलमा यामाहा मोटोजीपीको ब्रान्डिङ समावेश गरिएको छ । यसको साथै सो बाइकको ट्यांक कफन र साइड प्यानमा मोन्स्टर इनर्जी डिकल्स समावेश गरिएको छ ।

जसले बाइकको लुकलाई आक्रामक बनाएको छ । सो बाइकमा मल्टी फङ्सन नेगेटिभ एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, क्लास डी बीआई फंक्शनल एलईडी हेडलाइट, एलईडी डेटाइम रनिङ ल्याम्प र अन्य फिचर समावेश गरिएको छ । एफजेड २५ मोडलमा २४९ सीसी एयर कुल्ड, एसओएचसी, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ८००० आरपीएममा २०.८ पीएसको पावर र ६००० आरपीएममा २०.१ एनएमको टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

भव्य अफरसहित यामाहाले सुरु गर्यो महाएक्सचेन्ज मेला २०८१, के–के छन् आकर्षण ?

भव्य अफरसहित यामाहाले सुरु गर्यो महाएक्सचेन्ज मेला २०८१, के–के छन् आकर्षण ?

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

यामाहाले ल्याउदै छ आर२, दर्ता भयो ब्रान्ड नेम

यामाहाले ल्याउदै छ आर२, दर्ता भयो ब्रान्ड नेम

यामाहाले बजारमा दुई नयाँ बाइक उपलब्ध गराउने तयारी गरिरहेको समाचार...

यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर भारतमा उत्पादन सुरु

यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर भारतमा उत्पादन सुरु

यामाहाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईसी–०६ को उत्पादन सुरु भएको घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...