मोटो जीपी हेर्न यामाहाले १० नेपाली राइडरलाई भारत लैजाने
काठमाडौं – यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी...
काठमाडौं – यामाहा बाइक तथा स्कुटरको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्ना अधिकांश मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको छ । एकमहिना अघि नै मूल्य वृद्धि हुने जानकारी दिंदै आएको कम्पनीले यसै महिनाको १ गतेबाट लागू हुनेगरी नयाँ मूल्य सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार मोटरसाइकलमा ५ हजार रुपैयाँसम्म र स्कुटरमा ८ हजार रुपैयाँ सम्मले मूल्य वृद्धि गरिएको छ ।
नयाँ मूल्य सूची अनुसार यामाहा आर १५ भी३, एफजेड १६ एफआई, एफजेडएस डबल डिस्क र एसजेड आरआरमा ४ हजार रुपैयाँका दरले वृद्धि गरिएको छ । त्यसैगरी एफजेड २५, एफजेडएस एफआई भी३ र सलुटोको हकमा भने ५ हजार रुपैयाँका दरले बढाइएको छ । यामाहा एमटी १५ र फेजर लगायत केही मोडलको भने पुरानै मूल्य कायम गरिएको छ ।
स्कुटरतर्फ १२५ सीसी क्षमताको रे–जीआर स्ट्रिट -याली, फेसिनो १२५ र रेजीआर डिस्क र ड्रम भेरिएन्टको मूल्यमा ८ हजार रुपैयाँको दरले वृद्धि भएको छ भने रे–जी ११३ सीसीको हकमा भने ६ हजार रुपैयाँ बढाइएको छ । यसैगरी ११३ सीसी क्षमताका फेसिनो र रे–जीआर स्ट्रिट -यालीको मूल्य पहिलेकै कायम गरिएको छ । नयाँ मूल्य सुचीलाई हेर्दा चर्चित र बजारमा धेरै बिक्री हुने मोडलको मूल्यमा वृद्धि गरिएको प्रष्ट देखिन्छ ।
यामाहाका बाइक र स्कुटरको नयाँ मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
काठमाडौं – यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी...
काठमाडौं–यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले नाडा...
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...