कम सीसीका मोटरसाइकल स्कुटरमा बढ्यो वार्षिक कर

काठमाडौं – बागमती प्रदेश सरकारले दुई पांग्रे सवारी साधनको कर बढाएको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको भए पनि प्रदेश सरकारले भने साउन १ देखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर बढाएको हो ।

मन्त्रालयका अनुसार मोटरसाइकल तथा स्कुटरको सीसी अनुसार २ सय देखि २ हजार रुपैयाँ सम्म कर बढाइएको छ ।

मन्त्रालयका अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको कर ३ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यस्ता सवारी साधनको कर २ हजार ८ सय रुरुपैयाँ थियो ।

यस्तै १२६ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ५ हजार, १५१ देखि २२५ सीसीसम्मको ६ हजार ५ सय, २२६ देखि ४०० सीसीसम्मको अधिकतम ११ हजार रुपैयाँ पुगेको छ ।

४ सय सिसीदेखि माथि ६५० सीसी र ६५० देखि माथिका सबै खाले मोटरसाइकल तथा स्कुटरको सवारी कर यथावत अर्थात क्रमशः २० हजार र ३० हजार नै कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै विद्युतीय सवारी साधनमा ३५० वाट देखि एकहजार वाटसम्मका सवारीमा २ हजार रुपैयाँ, एक हजारभन्दा माथि १ हजार ५०० वाट सम्मको २ हजार ५ सय रुपैयाँ र १ हजार ५०० भन्दा माथिका सवारीमा अधिकतम ३ हजार रुपैयाँ कर कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो मोटोकर्पले भारतमा एक्ट्रिम २५० आर र एक्सपल्स २१० को लागि बुकिङ खुला...

हिरो एक्सपल्स २०० सवार ३० राइडर लोमान्थाङ प्रस्थान

हिरो एक्सपल्स २०० सवार ३० राइडर लोमान्थाङ प्रस्थान

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जनरल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...