प्रिमियम कारको बिक्रीमा बिएमडब्लुले पछि पार्यो मर्सिडिजलाई
प्रिमियम कारको बिक्रीमा बिएमडब्लुले मर्सिडिजलाई पछि पारेको छ । यो...
दुबईमा एक नेपालीले दुबई ड्युटी फ्रि राफलमा बीएमडब्लु रेसिङ बाइक जितेका छन् । दुबइ ड्युटी फ्रिले संचालन गर्ने मिलेनियम मिलियनायर सिरिजमा उनले यो पुरस्कार जितेका हुन् ।
खलिज टाइम्समा प्रकाशित समाचार अनुसार ३० वर्षिय नेपाली रोहित मोटेले बीएमडब्लु आर नाइनटी स्क्र्याम्बलर ब्ल्याक स्टोर्म मेटालिक रेसिङ रेड मोटरसाइकल जितेका हुन् । उनले गत जुलाई १ तारिखमा किनेको फाइनेस्ट सरप्राइज सिरिज ४६१ अन्तर्गत टिकट नम्बर ०५७५ अन्तर्गत सो पुरस्कार जितेका हुन् ।
बीएमडब्लु डुकाटीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार यसको मूल्य अमेरिकामै १६ हजार डलर पर्छ । जसको नेपाली रुपैयाँ १९ लाख हुन्छ । अमेरिकाबाट नेपाल ल्याउँदा यसको मूल्य अझै धेरै हुन्छ ।
सिरिजको १ मिलियन डलर ज्याकपट उपहार भने एक भारतीयले जिते । भारतको ठाणेका गणेश शिन्देले टिकट नम्बर ०२०७ बाट यो पुरस्कार जितेका हुन् । यस्तै फाइनेस्ट सरप्राइज सिरिज अन्तर्गत ५२ वर्षका दुबइमा बस्ने अस्ट्रेलियाली नागरिक जस्टिन फ्रेन्चले रेन्जरोभर स्पोर्ट एचएसई डायनामिक ५.० कार जितेका छन् ।
प्रिमियम कारको बिक्रीमा बिएमडब्लुले मर्सिडिजलाई पछि पारेको छ । यो...
बिएमडब्लुले भारतमा छिट्टै लन्च गर्ने तयारी थालेको नयाँ स्पोर्ट बाइक एफ...
बिएमडब्लु र टाटा टेक्नोलोजी मिलेर भारतमा अटोमोटिभ सफ्टवेयर विकास गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...