‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ आगामी साता नेपालमा सार्वजनिक हुँदै
काठमाडौं – एमएडब्लू वृद्धि अटोकर्पले अल-न्यु दिपल निभो क्यू ०५ आगामी साता...
टेस्ला मोडल वाईलाई टक्कर दिने क्षमता भएको फोर्ड मुस्ताङ म्याच–ई इलेक्ट्रिक क्रसओभर कारले इलेक्ट्रिक भेइकल रेन्ज र इफिसियन्सस्का लागि एक नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाउन सक्षम भएकाो छ ।
फोर्ड मुस्ताङ माच–ई इलेक्ट्रिक क्रसओभर एसयूभीले १३५१ किलोमिटरको रोड ट्रिपमा १०.५२ किलोमिटर प्रतिकिलोवाट–घन्टाको ड्राइभिङ रेन्ज हासिल गरी नयाँ रेकर्ड बनाएको हो । उक्त रेकर्ड बीबीसीका यातायात संवाददाता पाल क्लिफ्टन, फर्गल मेकग्राथ र केभिन ब्रुकरले बनाएका हुन् । उनीहरुले इन्टरनल कब्शन इन्जिन (आईसीई) बाट चल्ने साधनमा समेत यस्तो रेकर्ड बनाइसकेका छन् ।
सो यात्रा ३ जुलाईमा सुरु भएको थियो । सो यात्रामा ४९.८८ किलोमिटर प्रति घन्टाको औसत स्पिडमा ड्राइभ गरिएको थियो । सो कार जोन ओ ग्रोट्सदेखि ल्यान्ड्स एन्डसम्म चलाइएको थियो । जसले ब्रिटेनको पुरा लम्बाई कभर गरेको थियो । सो यात्रामा २ वटा मात्र चार्जिङ स्टेसन समावेश थियो । सो समयमा कारलाई चार्ज गर्नको लागि ४५ मिनेटको समय लागेको थियो ।
सो रेकर्ड बनाउने टिमले यो रेकर्ड देखाउनको लागि मात्र नभई इलेक्ट्रिक कारहरू लामो दुरीको यात्राको लागि पनि उपयुक्त छन् भन्ने प्रमाणित भएको बताएका थिए । सो यात्रामा कुल २५० माइल अर्थात ४०२.३३६ किलोमिटरको यात्रा पछि पनि ४५ प्रतिशत चार्ज बाँकी रहेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...