विश्वमै चर्चित छन् भारतका यी चार टायर ब्रान्डहरु
हालै सार्वजनिक भएको टायर बिजनेसको ग्लोबल टायर रिपोर्ट अनुसार ४ भारतीय...
नेपाली बजारमा हालै शेर्पा ब्रान्डको ट्रयाक्टर टायर सार्वजनिक भएको छ । निजी लगानीमा मोरङको कटहरी गाउँपालिकामा सञ्चालित नेपालकै पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर उद्योगले सो टायर बजारमा ल्याएको हो । आगामी दिनमा अन्य विभिन्न साइजका टायर समेत उपलब्ध गराउने कम्पनीले बताएको छ ।
योसँगै टायर उद्योगको क्षेत्रमा अर्को सुखद समाचार पनि सार्वजनिक भएको छ । कम्पनीले तीन वर्षमा आयातको ५ प्रतिशत हिस्सा प्रतिस्थापन गरेको छ । कोरोनाको कारण लगानी विस्तारमा समस्या परे पनि वार्षिक नौ अर्ब रुपियाँ बराबरको आयातलाई ५ प्रतिशतले प्रतिस्थापन गर्दै आएको कम्पनीले दाबी गरेको छ । कम्पनीका निर्देशक विनित सिंघानिया नेपालमा खपत हुने टायरको ९९ प्रतिशत हिस्सा आयातबाटै धानिँदै आएकामा अहिले घटेर करिब ९४ प्रतिशतमा सीमित भएको बताउँछन् ।
नेपालमा मोटरसाइकलको मात्रै वार्षिक २५ लाख थान टायर खपत हुने गरेको छ । यो अवस्थामा नेपालमै टायर उत्पादन गर्न सकिने हो भने प्रशस्तै रकम बाहिरिनबाट बचाउन सकिन्छ ।
विशाल ग्रुप र भारतको फ्युचर टायरको संयुक्त लगानीमा सन् २०१८ जनवरीदेखि कम्पनीले डेल्टा ब्रान्डको उत्पादन बजारमा बिक्री सुरु गरेको थियो । डेल्टापछि शेर्पा ब्रान्डको ट्याक्टरमा प्रयोग हुने टायरको परीक्षण उत्पादन गरिरहेको कम्पनीले हालै पहिलो उत्पादन सार्वजनिक गरेको छ । उद्योगले वार्षिक ८० करोड रुपियाँ बराबरको कारोबार गरिरहेको निर्देशक सिंघानियाले जानकारी दिएका छन् ।
करिब ५० करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उद्योगमा पाँच वर्षको अवधिमा दुई अर्ब ५० करोड रुपैयाँ पु-याउने लक्ष्य राखिएको छ । यद्यपि कोरना महामारीलगायतका कारण गत तीन वर्षमा लगानी विस्तार गर्न नसकिएको सिंघानियाले स्पष्ट पारेका छन् । आगामी दिनमा स्थिति सहज भए आन्तरिक बजारको खपत बढाउने गरी लगानी बढाउने कम्पनीको योजना छ ।
आगामी दिनमा शेर्पा ब्रान्डको ट्रयाक्टर टायरको बिक्रीका लागि देशभर नेटवर्क विस्तार गर्ने कम्पनीको योजना छ । कम्पनीका अनुसार आयातित टायरभन्दा नेपालको टायर १५ प्रतिशत कम मूल्यमा बिक्री हुँदै आएको छ ।
उद्योगले मोटरसाइकल, स्कुटी र ई–रिक्साको टायर उत्पादन गर्दै आएको छ । वार्षिक दुई लाख थान टायर उत्पादन गर्ने लक्ष्य पूरा गरिए पनि नयाँ ब्रान्डको टायर उत्पादनका लागि सोचेजस्तो प्रगति गर्न भने सकिएको छैन । स्थिति सहज भए आगामी वर्षदेखि ट्रक, बस, जिप, लरी र हेभी इक्विपमेन्टको टायर उत्पादनका लागि लगानी विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।
तयारी टायर आयात गर्दा भन्सार महसुल २० प्रतिशत र मूल्य अभिवृद्धि कर लाग्ने गर्दछ तर कच्चा आयात गर्दा भन्सार महसुल १ प्रतिशत मात्रै रहेकाले नेपालमा टायरको उत्पादन लागत पनि कम पर्छ ।
उद्योग स्थापना गर्दा सुरुमा ६५ कामदार रहेको उद्योगमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरेर १५० कामदारले रोजगारी पाएका छन् ।
नेपालमा टायर उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ र विशेष गरी रबरको अभाव पनि एक मुख्य कारण हो । यसले गर्दा ग्रिन टायरले स्थानीय किसानहरुलाई रबर उत्पादनका लागि प्रोत्साहन गर्ने नीति समेत लिएको छ ।
केही समय अघि सम्म गोरखकाली टायर उद्योगले नेपालका लागि प्रतिष्ठित टायर उत्पादन गरिरहेको थियो । हाल त्यो पनि बन्द अवस्थामा छ । पछिल्लो समयमा केही टायर उद्योग नेपालमा खुलेका छन् । तर यसका लागि कच्चा पदार्थ विदेशबाटै ल्याउनु पर्छ । नेपालमा विदेशबाट नै टायर आयात गर्नुपरेको छ । तर, हामीकहां कुन परिमाणमा, कति मूल्यबराबरको टायर खपत हुन्छ भन्ने यकिन तथ्याङ्क कुनै निकायसंग पनि छैन । टायर व्ययवसाय व्यवस्थित हुन नसकेका कारण तथ्याङ्क पाउन नसकिएको व्यवसायीहरु बताउंछन् ।
टायर पैठारी र प्रयोगको यकिन तथ्याङ्क नभेटिएपनि नेपाली बजारमा विभिन्न मुलुकबाट आयात हुने टायरहरुमध्ये करिब ७५ प्रतिशत हिस्सा भारतीय टायरले लिएको व्यवसायीहरुको अनुमान छ । यसैगरी नेपालमा तेस्रो मुलुकबाट तथा नेपालको आफ्नो गोरखकाली टायर उद्योगबाट उत्पादित टायरको खपत पनि राम्रै थियो । तर दुःखको कुरा नेपालको एक मात्र टायर उद्योग घाटामा संचालन भैइरहको थियो र हाल यो पुर्ण रुपमा बन्द भएको अवस्थामा छ ।
टायर व्यापारीहरु नेपाली बजारमा टायरको व्यापारले उल्लेखनिय गति लिन नसकेको गुनासो सधै गर्छन् । नेपालमा जति पनि गाडी छन्, ती सबैले समय समयमा टायर फेर्नु पर्छ । तर ती सबैले फेर्ने टायरको तथ्यांक कतै पाइदैन । टायर जति खपत हुनु पर्ने हो, त्यसको तुलनामा कम मात्र टायरको बिक्री भएको तथ्यांक पाइन्छ । त्यसैले यसका वारेमा गम्भीर भएर लाग्नु पर्ने व्यवसायीहरुको तर्क छ ।
नेपालमा चल्ने धेरै ठुला सवारी साधन सामान लिएर भारत जाने र उतै टायर फेरेर आउने भए्काले पनि यसको व्यापार घटेको उनिहरुको भनाई छ । यसरी भारतमा टायर फेर्दा भन्सार तिर्नु नपर्ने र मुल्य पनि सस्तो पर्ने भएकाले भारतमा नै टायर फेर्ने गरेको व्यवसायीहरुको भनाई छ । यसैगरी ठुला गाडीले भारतबाट सामान लिएर आउदा अवैध तरिकाले सामानसँगै टायर पनि ल्याएर बेच्ने भएकाले बैधानिक रुपमा टायर आयात गरेर बेच्नेहरुलाई समस्या भएको पाइन्छ ।
नेपालमा जापान, थाइल्याण्ड, मलेसिया, चीन, भियतनाम, कोरिया, सिंगापुर, फिलिपिन्स, ताइबानलगायतका देशबाट टायर आयात हुने गरेको छ । यो वाहेक कहिलेकाहीं युरोप र मध्यपूर्वी मुलुकबाट समेत सानो परिमाणमा टायर आयात हुने गरेको छ । जापान, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया तथा भारतबाट समेत ब्रिजस्टोन, गुडइयर जस्ता बहुराष्ट्रिय कम्पनीका उत्पादन आउने गरेका छन् । कोरिया र चीनको नेक्सस र थाइल्याण्डका भी–रबर, डी–स्टोन, नेक्सिस, आइआरसी आदि ब्राण्डका टायर आउछन् । नेपाली बजारमा क्यानाडाको हर्कुलस, टर्कीको पिरेली, इण्डोनेसियाको जीटी, कोरियाको कुम्हो र भियतनामको डिआरसी ब्राण्डका टायर समेत उपलब्ध छन् ।
हालै सार्वजनिक भएको टायर बिजनेसको ग्लोबल टायर रिपोर्ट अनुसार ४ भारतीय...
काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको पछिल्लो...
काठमाडौं– ‘राइड विथ मेसिलिन’ को पहिलो संस्करण सम्पन्न भएको छ । मेसिलिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...