बजाजले ल्याउँदै छ पल्सर २५०एफ, देखियो परीक्षणमा
हालै पल्सर २५० बाइकको सेमी फेयर्ड सिबलिङ परीक्षणको समयमा देखिएको तस्बिर...
काठमाडौं – बजाज डोमिनार ४०० नेपालमा मात्र नभएर भारतमा समेत धेरैले रुचाउने गरेका छन् । उसो त बजाजका बाइक भारत मात्र होइन, नेपालमा समेत सर्बाधिक बिक्री हुने बाइकमा पर्छन् ।
तर रोचक कुरा के छ भने बजाज बाइकको मूल्यमा लगातार गरिएको वृद्धिका कारण ग्राहक नै हैरान परेका छन् । २०७७ सालमा मात्र करिब एक दर्जन पटक बजाज बाइकको मूल्य वृद्धि भइसकेको छ । २०७८ लागे पश्चात मात्र पनि बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुई पटक बाइकको मूल्य वृद्धि गरिसकेको छ । पछिल्लो पटक असार १७ गते कम्पनीले मूल्य वृद्धि गरेको छ ।
बजाजले गरेको मूल्य वृद्धिमा बजाज डोमिनारको कथा झनै रोचक छ । २०७६ सालको माघ महिना अन्त्यतिर बजाज डोमिनार ४०० मा गरिएको मूल्य कटौतीले व्यापकता पाएको थियो । त्यतिबेला यसको मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँ रहेकोमा एकैपटक ७० हजार रुपैयाँ कमी गरी ५ लाख २९ हजार ९ सय रुपैयाँ कायम गरिएको थियो । पहिले भारतमा बनेको डोमिनार ४०० नेपाली बजारमा उपलब्ध हुने गरेकोमा अब नेपालमै एसेम्बल भए पश्चात यसको मूल्यमा कटौती गरिएको कम्पनीको भनाइ थियो ।
केही समय कम्पनीले यही मूल्यलाई निरन्तरता दिए पनि पछि पटक पटक यसको मूल्य वृद्धि गरियो र २०७७ को अन्त्य सम्म यसको मूल्य ५ लाख ७४ हजार ९ सय रुपैयाँ पुग्यो । २०७८ लागे पश्चात नै यसको मूल्यमा २ पटक वृद्धि गरिएको छ र हाल यसको मूल्य ५ लाख ८२ हजार ९ सय रुपैयाँ पुगेको छ ।
४०१ सीसी भन्दा माथिका बाइकमा लगाइने गरेको २ लाख सडक सम्भार दस्तुरलाई हालै प्रस्तुत गरिएको बजेटमार्फत घटाएर १ लाख रुपैयाँ मात्र कायम गरिएको छ । कतिपय ग्राहकले बजाज डोमिनार ४०० नाम भएकाले यसले पनि यो सहुलियत पाउछ र बाइकको मूल्यमा केही कमी आउने पो हो कि भन्ने आशय समेत व्यक्त गरेका थिए । यद्यपि बजाज डोमिनारमा ३७३.२७ सीसी मात्र भएकाले सो सहुलियत पाउन सकेन ।
बजाज डोमिनार नेपाली बजारमा दुई कलरमा उपलब्ध हुने भए पनि हरियो कलर धेरैको रोजाइमा पर्ने बिक्रेताहरुको भनाइ छ । कलरका कारण पनि यसको आकर्षणमा वृद्धि भएको पाइन्छ ।
बजाज डोमिनार ४०० स्पोर्ट्स टुरर बाइक हो । यसमा ३७३.२७ सीसीको ड्युअल ओभरहेड क्यामसाफ् इन्जिन छ, जसले ३९.९ पीएसको पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ । यसको भाइब्रेसन पनि पहिलेको भन्दा कम छ ।
यसमा ड्युअल एक्जस्ट नोट जस्तै राम्रो साउन्ड आउछ । यसमा फुल एलईडी हेडल्याम्प, ड्युअल च्यानल एबीएस, स्लिपर क्लच असिष्ट, अपसाइड डाउन फ्रन्ट फोर्क्स, फ्युल इन्जेक्सन सिष्टम आदि सुविधा उपलब्ध छन् ।
यसको इन्धन क्षमता १३ लिटर छ भने यसले २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
हालै पल्सर २५० बाइकको सेमी फेयर्ड सिबलिङ परीक्षणको समयमा देखिएको तस्बिर...
इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएकाे छ । असार ८ गतेदेखि १३...
भारतीय मोटरसाइकल बजार नयाँ जिएसटी २.० नियम लागू भएसँगै तीव्र रूपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...