यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक
टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ...
काठमाडौं – नेपाली बजारमा प्रोटोनको नयाँ गाडी एक्स७० को औपचारिक बिक्री प्रारम्भ भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज फेसबुक लाइभमार्फत भर्चुअल रुपमा सो गाडी र यसका विशेषता तथा मूल्य सार्वजनिक गरेको हो ।
नेपाली बजारमा चार विभिन्न भेरिएन्टमा प्रोटोन एक्स७० उपलब्ध हुनेछ । पहिलो भेरिएन्ट १.५ टीजीडीआई स्ट्यान्डर्ड टु ह्विल ड्राइभ हो । यसमा १.५ लिटर टर्बो डाइरेक्ट ग्यासोलिन इन्जिन छ । ७ स्पिड वेट ड्युअल क्लच ट्रान्समिसन उपलब्ध सो गाडीमा बेसिक भ्वाइस कमान्ड, एयर प्युरिफायर, ६ स्पिकर सहितको १८ इन्च टचस्क्रिन, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, अटो हेडल्याम्प, रियर क्यामेरा, रियर सिट र १७ इन्च अलोय ह्विल रहेका छन् । यसको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
अर्को भेरिएन्ट १.५ टीजीडीआई एक्जिक्युटिभ टु ह्विल ड्राइभ हो । यसमा ३६० डिग्री क्यामेरा, पावर एड्जस्ट ड्राइभर सिट, रेन सेन्सिङ वाइपर्स, ८ स्पिकर, अटो डिमिङ रियरभ्यु मिरर, कर्नरिङ लाइट, १८ इन्च अलोय ह्विल, लेदरेट सिट, एलईडी हेडल्याम्प, एलईडी डीआरएल, पावर टेलगेट, फ्रन्ट सिट भेन्टिलेसन उपलब्ध छन् । यसको मूल्य ९१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
अर्को भेरिएन्ट १.५ टीजीडीआई एक्जिक्युटिभ अल ह्विल ड्राइभ हो । एक्जिक्युटिभ टु ह्विल ड्राइभमा भएका फिचरका साथै यसमा थप फिचरको रुपमा टायर प्रेसर मोनिटर र अल ह्विल ड्राइभ सिस्टम छ । यसको मूल्य ९६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
प्रोटोन एक्स७० को प्रिमियम भेरिएन्टको रुपमा १.५ टीजीडीआई प्रिमियम टु ह्विल ड्राइभ छ । यसमा ९ स्पिकर, १९ इन्च अलोय ह्विल, प्यानोरामिक सनरुफ, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट असिस्ट, फ्रन्ट क्र्यास वार्निङ, लेन डिपार्चर वार्निङ, एडेप्टिभ हाई बिम, नाप्पा लेदर र फुट सेन्सर सहितको पावर टेलगेट जस्ता प्रिमियम फिचर रहेका छन् । यसको मूल्य १ करोड ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
सुरक्षाको दृष्टिकोणले हेर्नुपर्दा यो गाडी एकदमै भरपर्दो रहेको छ । फाइभ स्टार सेफ्टी रेटिङ पाएको यस गाडीमा ६ ओटा एयरब्याग रहेका छन् । यसैगरी यस गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ्ग, ब्लाइन्ड स्पट इन्फरमेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, ३६० डिग्री थ्रीडी क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता अत्याधुनिक अतिरिक्त सुरक्षाका सुविधाहरु रहेका छन् ।
प्रोटोन एक्स७० गाडी नेपाली बजारमा स्नो ह्वाइट, आर्मर सिल्भर, जेट ग्रे र स्पेस ग्रे गरी चार कलर भेरिएन्टमा उपलब्ध हुनेछ । प्रोटोनका गाडीहरुमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुने जगदम्बा मोटर्सले जनाएको छ ।
टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ...
विश्वभरि द्रुत रूपमा बढ्दो प्रदूषण स्तरलाई कम गर्नका लागि अटो निर्माता...
टिभिएस बाइकको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले नयाँ बर्ष अफर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...