मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो न्ड ट्रेडले लकडाउन सहज भएसँगै प्रि–बजेट अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत मोटरहेडका बाइक नगदमा खरिद गर्दा १० हजार, फाइनान्समा ७ हजार र एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ छुट प्रदान गरिने छ ।

नगद र फाइनान्समा खरिद गर्दा ग्राहकले आगामी वर्षको कर समेत छुट प्राप्त गर्ने र नगद फाइनान्स र एक्सचेन्ज जुनसुकै प्रकारले भए पनि बाइक खरिद गर्ने ग्राहकले कोभिड केयर गिफ्ट उपलब्ध गराइने एसएलआर टेक्नो एन्ड ट्रेडले जनाएको छ ।

मोटरहेडको प्रि–बजेट अफर आगामी असार ३१ सम्म लागू हुनेछ । काठमाडौं उपत्यकाको धोविद्धाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत सो अफर प्राप्त गर्न सकिने छ । धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि छिट्टै नै कम्पनीको नयाँ सोरुम स्थापना गर्ने तयारी छ ।

मोटरहेडको नयाँ एमएच १५०आर बाइक पनि नेपाली बजारमा छिट्टै नै उपलब्ध हुने र यसको बुकिङ समेत खुलेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मूल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ । अपग्रेड भएर आए पश्चात एमएच १५० आरको मूल्यमा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि बिभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।

सम्बन्धित समाचारहरू

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

काठमाडौं – इटालीमा डिजाइन भएको र प्रविधिलगायतका विभिन्न सपोर्टका लागि...

मोटरहेडको डर्ट बाइक एक्स–टर्क २५० : मासिक १७ हजार ३२६ किस्तामा लिन सकिने

मोटरहेडको डर्ट बाइक एक्स–टर्क २५० : मासिक १७ हजार ३२६ किस्तामा लिन सकिने

नेपाली बजारमा उपलब्ध २५० सीसीको डर्ट मोटरसाइकल मध्ये लोकप्रिय मोटरसाइकल...

मोटरहेड बिक्री गरिरहेको एसजी ग्रुपले ल्यायो प्रतिष्ठित इटालियन ब्रान्ड ट्यारोका मोटरसाइकल र स्कुटर

मोटरहेड बिक्री गरिरहेको एसजी ग्रुपले ल्यायो प्रतिष्ठित इटालियन ब्रान्ड ट्यारोका मोटरसाइकल र स्कुटर

काठमाडौं – अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...