नयाँ फिचर र कलर स्किमका साथ हाइब्रिड भर्सनमा आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

यामाहाले फेसिनो १२५ एफआई स्कुटरलाई हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ । नयाँ अपडेट गरिएको स्कुटरमा नयाँ एक्सटेरियर लुक दिइएको छ । त्यसैगरी यसमा नयाँ फ्रेस कलर स्किम छ ।

डिस्क र ड्रम दुवै भेरिएन्टमा उपलब्ध फेसिनो १२५ एफआई हाइब्रिडमा बीएस६ मापदण्डयुक्त एयरकुल्ड, फ्युल इन्जेक्टेड, १२५ सीसीको ब्लुकोर इन्जिन दिइएको छ, जसले ८.२ पीएस पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरमा एक स्मार्ट मोटर जेनेरेटर (एसएमजी) सिस्टम दिइएको छ, जसले हाइब्रिड सिस्टमलाई अपनाउछ । यसमा भएको एसएमजी सिस्टमले स्कुटर स्टार्ट गर्ने समयमा हुने इलेक्ट्रिक मोटरको जस्तै काम गर्छ, जसले दुई जना राइडर बसेको वा उकालो चढिरहेको समयमा समेत स्कुटर लड्खडाउन दिदैन र सुरक्षा प्रदान गर्छ ।

इन्जिन संचालन गरेको करिव ३ सेकेन्ड पश्चात वा थ्रोटल कट ब्याक पश्चात वा इन्जिनको आरपीएम तय सीमा भन्दा माथि गए पश्चात पावर असिस्ट वा हाइब्रिड सिस्टम रोकिन्छ । इन्स्ट्रयुमेन्ट क्लस्टरमा एक इन्डिकेटर लाइटमार्फत राइडरले उक्त हाइब्रिड सिस्टमले काम गरिरहेको पनि देख्न सक्छन् । यसमा भएको साइलेन्ट स्टार्टरले इन्जिनलाई आवाज बिनै स्टार्ट हुन सहयोग गर्छ ।

यो स्कुटरको डिस्क ब्रेक भेरिएन्टमा एड्भान्स्ड एलईडी हेडलाइट, डीआरएल र एलईडी टेललाइट उपलब्ध छ । त्यसैगरी युनिफाइड ब्रेक सिस्टम अर्थात यूबीएसका साथ १९० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

यामाहा मोटरसाइकल कनेक्ट एपको सहयोगले ब्लुटुथ कनेक्ट गर्न सकिन्छ । यसबाट आन्सर ब्याक, लोकेट माई भेइकल, राइडिङ हिस्ट्री, पार्किङ रेकर्ड र हजार्ड जस्ता विभिन्न फिचरको प्रयोग गर्न सकिन्छ ।

यो स्कुटरको मूल्य अहिले सार्वजनिक गरिएको छैन । नेपाली बजारमा हाल उपलब्ध यामाहा फेसिनो १२५ एफआईको मूल्य २ लाख ५६ हजार ९ सय रुपैयाँ छ । नेपाली बजारमा यो स्कुटर केही समय पछि आउन सक्छ र मूल्य पनि हालको मोडल भन्दा केही बढी हुन सक्छ ।

सम्बन्धित समाचारहरू

बुटवलबाट यामाहा बाइक किनेका गिरीले पाए १० लाख नगद

बुटवलबाट यामाहा बाइक किनेका गिरीले पाए १० लाख नगद

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

६० किलोमिटर माइलेज दिने नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

६० किलोमिटर माइलेज दिने नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

काठमाडौं–यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा...

यामाहाको ब्लु स्क्वायर शोरुम अब धरानमा पनि

यामाहाको ब्लु स्क्वायर शोरुम अब धरानमा पनि

काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...