यामाहा एफजेड–एक्स बाइकको खुल्यो अनौपचारिक बुकिङ, जुन १८ मा लन्च हुँदै

जापानी टु ह्विलर निर्माता कम्पनी यामाहाले चाँडै नै भारतीय बजारमा नयाँ स्पोर्ट्स बाइक लन्च गर्ने तयारी अवस्थामा छ । आकर्षक लुक र शानदार फिचर सहित कम्पनीले सो बाइक १८ जुनमा लन्च गर्ने भएको छ । केही हप्ता पहिला भारतको अटल टनलको नजिक टिभी कमर्सियल शुटको समयमा सो नयाँ मोडल देखा परेको थियो । नियो रेट्रो स्टाइल भएको सो बाइक निकै आकर्षक डिजाइन र लुकमा उपलब्ध रहेको छ ।

भारतीय बजारमा यसको अनौपचारिक बुकिङ प्रारम्भ भइसकेको छ । डिलरहरुले बुकिङ लिन थालेका छन् ।

यद्यपि कम्पनीले सो बाइकको बारेमा आधिकारिक जानकारी दिएको छैन । कम्पनीले यसको ट्यागलाइनको बारेमा मात्र जानकारी दिएको थियो । यसको ट्यागलाइन राइड फ्रि रहेको छ । मिडिया रिपोर्टका अनुसार आगामी १८ जुनमा भारतीय बजारमा एफजेड–एक्स स्पोर्ट्स बाइक लन्च गरिने भएको छ । सो बाइक परीक्षणको समयमा धेरै पटक देखिएको थियो ।

बाइकको स्पाई फोटो अनुसार सो बाइकमा एलईडी प्रोजेक्टर हेडल्याम्प समावेश गरिएको छ । यो भन्दा पहिलो एमटी–१५ बाइकमा देखिएको थियो । यसमा सर्कूलर स्प्लिट एलईडी डे टाइम रनिङ लाइटको साथमा पिलियन राइडरको लागि ग्र्याब रेल समावेश गरिएको छ ।

सो बाइकमा १४९ सीसी एफजेडएस–एफआई प्लेटफर्मको प्रयोग गरिएको छ । बाइकमा १४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ७२५० आरपीएममा १२.४ बीएचपीको पावर जेनेरेट गर्छ । इन्जिनको साथमा ५ स्पिड ट्रान्समिसनको विकल्प रहेको छ ।

यामाहाको सो नयाँ बाइकको लम्बाई २०२० एमएम, चौडाई ७८५ एमएम, उचाई १११५ एमएम रहेको छ । नयाँ बाइक हाल उपलब्ध मोडलको तुलनामा लम्बाई ३० एमएम, उचाई ५ एमएम र चौडाई ३५ एमएम बढी रहेको छ । सो बाइकको ह्विलवेस १३३० एमएम रहेको छ ।

सो बाइकमा स्मार्टफोन ब्लुटुथ कनेक्टिभिटीको साथमा शानदार र आधुनिक फिचर उपलब्ध रहेको छ । पुरानो मोडलको तुलनामा यो बाइक करिब ५ हजार देखि ७ हजार भारु महँगो हुने सम्भावना रहेको छ । रिपोर्टका अनुसार नयाँ मोडलको मूल्य १ लाख ८ हजार भारु हुने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर

यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर

यामाहा मोटरसाकल तथा स्कुटरको आधिकारिक विक्रेताएमएडब्ल्यु...

६० किलोमिटर माइलेज दिने नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

६० किलोमिटर माइलेज दिने नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

काठमाडौं–यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा...

३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...