टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप
टीभीएसले आफ्नो एक मात्र इलेक्ट्रिक स्कुटर आईक्युबको नयाँ भेरिएन्ट थपेको छ...
काठमाडौं – स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिवद्धता देखाउँदै एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ ।
एनएमबि बैंकले विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशत सम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको हो ।
साथै, एनएमबि बैंक लिमिटेड र माउन्टेन बाइक विक्रेताहरु बीच जुन महिना भरी ० प्रतिशत ईएमआईमा शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ ।
यस अन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काठमाडौं बाइक स्टेशन पानी पोखरी, साइकल ल्याण्ड, काठमाडौंबाट माउन्टेन बाइकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
वातावरणीय संरक्षण र ग्राहकहरुको आवश्यकतालाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्धन गर्न बैंकले नयाँ सुविधाहरु प्रस्तुत गरेको बताएको छ । हाम्रो पर्यावरण भावी पुस्तालाई सुरक्षित तबरले हस्तान्तरण गर्न हाम्रो आफ्नै प्रयासले मात्र सक्षम हुनेछ भन्ने सन्देश एनएमबि बैंकले दिएको छ ।
टीभीएसले आफ्नो एक मात्र इलेक्ट्रिक स्कुटर आईक्युबको नयाँ भेरिएन्ट थपेको छ...
इलेक्ट्रिक भेइकल निर्माता कम्पनी टेस्लाले आफ्नो पहिलो रोबोट्याक्सी...
हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...