महिन्द्रा स्कर्पियो र वोलेरो अव ७० प्रतिशतसम्म फाइनान्स सुविधामा लिन सकिने
महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक वितरक अग्नि...
महिन्द्राले नयाँ जेनेरेसन स्कोर्पियो बजारमा ल्याउने तयारी गरिरहेको छ । स्कोर्पियोको पहिलो जेनेरेसन मोडल लामो समय देखि बजारमा बिक्री भइरहेको छ र यो निकै नै लोकप्रिय पनि छ । यद्यपि बजारमा बढ्दो प्रतिस्पर्धासँग सामना गर्नका लागि महिन्द्राले नयाँ जेनेरेसन मोडल ल्याउने तयारी गरिरहेको छ ।
स्कोर्पियोको पछिल्लो २०२१ मोडल विभिन्न समयमा परीक्षण भइरहेका समाचार सार्वजनिक भइरहेका छन् । केही समय पहिले राजस्थानको मरुभूमिमा यसको परीक्षण गरिरहेको देखिएको थियो । यसको इन्टेरियरको तस्बिर पनि इन्टरनेटमा लिक भइरहेका छन् । यी सबैबाट स्कोर्पियोसँग जोडिएका विभिन्न महत्वपूर्ण जानकारी सार्वजनिक भइरहेका छन् ।
स्पाई तस्बिरका आधारमा यसमा प्रिमियम ड्यासबोर्ड भएको देख्न सकिन्छ । यसमा कालो कलरको मेटरियल प्रयोग गरिएको छ । यसमा मल्टी फङ्सन लेदर स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ भने स्पोर्टी फिलका लागि फ्ल्याट बटमका साथ स्टेयरिङ ह्विलमा क्रोम हाइलाइट दिइएको छ ।
यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्नका लागि ठूला टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यसको ठिक तल एसी भेन्ट छ । यी वाहेक मिडिया कन्ट्रोल, डिफगर, हजार्ड ल्याम्प, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, हिटर, हिल होल्ड असिस्ट जस्ता फिचर पनि उपलब्ध छन् ।
हालको मोडल भन्दा नयाँ मोडलमा धेरै प्रिमियम र अप–मार्केट क्याबिन दिइएको छ । यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्रशस्तै एयरब्याग, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, कनेक्टेड कार टेक्नोलोजीका साथ एक इलेक्ट्रिक सनरुफ पनि सामेल हुने बताइएको छ ।
यसमा क्रुज कन्ट्रोल जस्तो फिचर पनि सामेल हुनेछ । त्यसैगरी किलेस इन्ट्री, पुस स्टार्ट स्टप बटन जस्ता फिचर पनि मिल्न सक्ने सम्भावना छ । यसको बेस भेरिएन्टमा समेत ईबीडी सहितको एबीएस, बीएससीका साथ स्पिड अलर्ट, पार्किङ सेन्सर र ड्युअल एयरब्याग जस्ता फिचर सामेल हुनेछन् ।
महिन्द्राको नयाँ थारमा दिइएको इन्जिन नै नयाँ स्कोर्पियोमा पनि उपलब्ध हुने अनुमान गरिएको छ । यसको अर्थ नयाँ स्कोर्पियोमा २.० लिटर एमस्टालियोन टर्बो पेट्रोल इन्जिन र २.२ लिटर एमहक टर्बो डिजेल इन्जिन हुने सम्भावना छ । यद्यपि यी इन्जिनमा केही परिवर्तन हुने सम्भावना पनि छ ।
नयाँ स्कोर्पियोमा ल्याडर अन फ्रेम च्यासिसको प्रयोग हुनेछ, जसले गर्दा यो पहिले भन्दा लामो र फराकिलो हुनेछ ।
यही वर्ष नै लन्च गर्ने योजना भए पनि हालको कोरोना भाइरस महामारीका कारण ढिलाई भएको छ । सन् २०२२ को प्रारम्भतिरै महिन्द्राको नयाँ स्कोर्पियो लन्च हुने अनुमान गरिएको छ । यद्यपि कम्पनीले यसको वारेमा कुनै आधिकारिक जानकारी दिएको छैन ।
महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक वितरक अग्नि...
नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो सरल किस्ताबन्दिमा खरिद...
कार निर्माणमा प्रयोग हुने सेमीकन्डक्टरको अभावका कारण एसयूभीको लागि लामो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...