गायक सुशान्त केसीको रोजाईमा जावा पेराक मोटरसाइकल
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीले हालै...
महिन्द्राले बुधबार ग्लोबल एसयूभी प्रोजेक्टको नाम घोषणा गरेको छ जसको कोडनेम डब्ल्यु६०१ राखिएको थियो । कम्पनीको लेटेस्ट एसयूभीको नाम महिन्द्रा एक्सयूभी ७०० हुनेछ । यसलाई ‘महिन्द्रा एक्सयूभी सेभेन डबल ओ’ नामले उच्चारण गरिने छ ।
सो एसयूभी २०२२ मा लन्च गर्ने सम्भावना रहेको छ । एक्सयूभी ७०० महाराष्ट्रको चाकनमा कम्पनीको प्लान्टमा निर्माण गरिनेछ । कम्पनीले सो एसयूभीको नाम भिडियो मार्फत खुलासा गरेको थियो ।
नयाँ एसयूभी महिन्द्रा एक्सयूभी ७०० कम्पनीको पोर्टफोलियोमा फ्ल्यागसिप मोडल महिन्द्रा अल्टुरस जी४ एसयूभी भन्दा तल राखिएको छ । यद्यपि हाल उपलब्ध एक्सयूभी ५०० कार उपलब्ध हुन्छ हुँदैन भन्ने जानकारी दिइएको छैन । यदि एक्सयूभी ५०० को निर्माण जारी भए महिन्द्राको एक्सयूभी ७०० एसयूभीलाई एक्सयूभी ५०० भन्दा माथि राखिनेछ ।
महिन्द्रा एक्सयूभी ७०० डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । साथै सो एसयूभीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प हुनेछ । सो एसयूभीको टप स्पेक भेरिएन्टलाई अल ह्वील ड्राइभको साथमा प्रस्तुत गरिनेछ ।
सो एसयूभीमा लेटेस्ट साईफाई टेक्नोलोजी, विश्व स्तरीय सेफ्टी फिचर र सो सेगमेन्टमा पहिलो पटक उपलब्ध हुने फिचर हुनेछ । भारतीय बजारमा लन्चिङ पछि सो एसयूभी टाटा सफारी र एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्नेछ । हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा एक्सयूभी ७०० ठूलो एसयूभी हुनेछ ।
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीले हालै...
महिन्द्राले दोस्रो विश्वयुद्धमा बनेको विलिस जिपसँग मिल्दोजुल्दो एसयूभी...
महिन्द्राले यसै वर्षको सूरुवातमा लन्च गरेको पहिलो इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...