२०२१ मा महिन्द्राका ६ नयाँ एसयूभी लन्च हुने, न्यु जेनेरेसन बोलेरो र स्कोर्पियो समेत आउने

यूटिलिटी भेइकल र एसयूभी सेगमेन्ट गाडीको निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले नयाँ वर्षमा ६ नयाँ एसयूभी भारतमा लन्च गर्ने भएको छ । कोभिड १९ को कारण कम्पनीको कार बिक्रीमा गिरावट आएको छ । कम्पनीको यूभी मार्केट शेयरमा तेस्रो स्थानमा रहेको छ । सो सेगमेन्टमा सुजुकी २२.८८ प्रतिशतको साथमा पहिलो र हुन्डाई मोटर्स इन्डिया २२.२९ प्रतिशतको साथमा दोस्रो स्थानमा रहेको छ ।

महिन्द्रा हाल एसयूभी सेगमेन्टमा नयाँ मोडलमा केन्द्रित रहेको छ । कम्पनी एक्सयूभी३०० स्पोर्टस्, एक्सयूभी३०० इलेक्ट्रिक, नेक्स्ट जेनेरेसन एक्सयूभी५००, न्यु जेनेरेसन बोलेरो, एक्सयूभी४०० र न्यु जेनेरेसन स्कोर्पियो २०२१ मा लन्च गर्ने भएको छ । कम्पनीले नेक्स्ट जेनेरेसन महिन्द्रा थार लन्च गरिसकेको छ ।

महिन्द्रा एक्सयूभी३०० स्पोर्ट्स
सो कार अटो एक्सपो २०२० मा पेश गरेको थियो तर कोभिड १९ को कारण यसको लन्चिङ पछि सारेको छ । सो कार हाल उपलब्ध एक्सयूभी३०० को तुलनामा बढी दमदार एसयूभी रहेको छ । यसमा नयाँ १.२ लिटर, ३ सिलिन्डर टर्बाेचाज्र्ड एमस्ट्यालिओन पेट्रोल इन्जिन समावेश गरेको छ । जसले अधिकतम १३० बीएचपी पावर र २३० एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा नयाँ बडी ग्राफिक्सको साथमा स्पोर्ट्स लुक दिइएको छ । यसमा अल ब्ल्याक इन्टेरियरको साथमा रेड स्ट्रिप र रेड हाईलाइट्को प्रयोग गरिएको छ । यसको मूल्य १२ लाख ३४ हजार भारु तोकिएको छ ।

महिन्द्रा एक्सयूभी३०० इलेक्ट्रिक
महिन्द्राले सो इलेक्ट्रिक एसयूभीलाई अटो एक्सपो २०२० मा शोकेस गरेको थियो । एक्सयूभी३०० ईभी कार महिन्द्राको पहिलो कार हो जसको डिजाइनमा मेड इन इन्डिया राखिएको छ । सो ईभी २ ब्याट्री अप्सनमा लन्च हुनेछ । सो कार सिंगल चार्जमा ३७० किलोमिटरको दुरी तय गर्ने कम्पनीले दावी गरेको छ । भारतीय बजारमा सो कार टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा हुनेछ । एक्सयूभी३०० ईभीको मूल्य १८ लाख भारु तोकिएको छ ।

नेक्स्ट जेनेरेसन महिन्द्रा एक्सयूभी५००
महिन्द्राले अर्काे वर्ष नेक्स्ट जेनेरेसन एक्सयूभी५०० एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले सो कारको झलक अटो एक्सपो २०२० मा देखाएको थियो । सो न्यु जेनेरेसन एसयूभीमा बीएस६ २.० लिटर डिजेल इन्जिन समावेश गरिएको छ । जसले १८० एचपीको पावर जेनेरेट गर्छ । रिपोर्ट अनुसार सो कारमा न्यु २.० लिटर ४ सिलिन्डर एमस्ट्यालिओन पेट्रोल इन्जिन समावेश गरेको छ । जसले १९० एचपीको पावर र ३८० एनएमको टर्क जेनेरेट गर्छ । सो कारको मूल्य १३ लाख भारु तोकिएको छ ।

न्यु जेनेरेसन महिन्द्रा बोलेरो
अनुमानित रिपोर्ट अनुसार न्यु जेनेरेसन महिन्द्रा बोलेरो २०२१ मा बहुप्रतीक्षित कार रहेको छ । नयाँ मोडलमा नयाँ फिचर र सुविधा समावेश गरिएको छ । यसमा बीएस६ रेडी १.५ लिटर, ३ सिलिन्डर एमहक ७५ डिजेल इन्जिनको साथमा ६ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । सो कारको मूल्य ७ लाख ६१ हजार भारु तोकिएको छ ।

महिन्द्रा एक्सयूभी४००
महिन्द्राको अल न्यु एक्सयूभी४०० २०२१ मा भारतमा लन्च हुनेछ । सो ७ सीटर एसयूभी हुन्डाई क्रेटा ७ सीटर र एमजी ग्लास्टरसँग प्रतिस्पर्धा गर्नेछ । सो एसयूभीमा कम्पनीले १.२ लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिन समावेश गर्ने सम्भावना रहेको छ । जसले ११० एचपीको पावर जेनेरेट गर्छ । सो कारमा ६ स्पिड म्यानुअल ट्रान्समिशनको साथमा अटोमेटिक ट्रान्समिशन समावेश गर्नेछ । सो कारको मूल्य ११ लाख भारु तोकिएको छ ।

नेक्स्ट जेनेरेसन महिन्द्रा स्कोर्पियो
महिन्द्राको बहुप्रतीक्षित कार महिन्द्रा स्कोर्पियो अर्काे वर्ष लन्च गर्नेछ । सो कारमा २.० लिटर टर्बाेचाज्र्ड डिल मोटर चर्निङ इन्जिन समावेश गर्नेछ जसले १६० बीएचपीको पावर ३५० एनएम टर्क जेनेरेट गर्छ । सो कार ६ स्पिड म्यानुअल ट्रान्समिशन र डीसीटी अप्शन भएको गियरबक्स समावेश गरिएको छ । सो कारको मूल्य १३ लाख भारु तोकिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...