कस्तो होला यामाहा आर१५ भी४, यस्तो छ एक डिजाइनरको अनुमानित तस्बिर

यामाहा आरवान फाइभ (आर१५) नेपाली युवाहरुका बीचमा समेत लोकप्रिय छ । १५० सीसीको सो मोटरसाइकलले धेरै सानो प्याकेजमा पनि ठूलो रेसिङ स्पोर्ट्स मोटरसाइकलको स्वाद राइडरहरुलाई दिएको छ ।

सन् २००८ मा लन्च भएको सो मोटरसाइकलको भर्सन २ सन् २०११ मा आएको थियो । धेरै वर्ष पश्चात सन् २०१९ मा यसको भर्सन ३ आएको थियो । यामाहाको भर्सन ३ अर्थात भी३ ले भारतीय र नेपाली बजारमा समेत यामाहाको पहिचानलाई एक कदम माथि उठाउन भूमिका खेलेको छ ।

यामाहा भी३ बजारमा उपलब्ध भएको करिव ४ वर्ष पुग्न थालेको छ । यो अवस्थामा यसको अर्को भर्सन कहिले आउछ भनेर कम्पनीले केही बताएको छैन । तर राइडरहरुले भने यसप्रति चासो राख्न थालिसकेका छन् । यसै सन्दर्भमा एक जना डिजिटल आर्टिस्ट अबिन डिजाइन्सले यसको नयाँ इमेज कस्तो होला भनेर रेन्डरिङ गरेका छन् । उनले आगामी दिनमा यामाहाले ल्याउने नयाँ जेनेरेसन मोडलको आर१५ भी४ यस्तो हुनुपर्छ भनेर देखाएका छन् ।

यसको हेडल्याम्प सुपर–सार्प आँखा जस्ता हुनेछन् भने डीआरएल समेत हुनेछ । अन्य आर सिरिजका मोटरसाइकल जस्तै यसको डिजाइन थिम हुनेछ । त्यसैगरी गोल्डेन कलरको यूएसडीले थप क्यारेक्टर देखाउने छ । त्यसैगरी यसको टेल सेक्सन डिजाइन पनि आकर्षक हुनेछ ।

यो एउटा डिजाइनरले अनुमान गरेको तस्बिर मात्र हो । यस्तै नै हुन्छ भन्ने छैन । तर पनि विगतको यामाहा आर१५ को डिजाइन इतिहास हेर्दा धेरै कुरा नमिल्ला भन्न सकिदैन ।

सम्बन्धित समाचारहरू

यसकारण बन्द भएको थियो चर्चित यामाहा आरएक्स१००

यसकारण बन्द भएको थियो चर्चित यामाहा आरएक्स१००

यामाहाको आरएक्स१०० बाइक युवामाझ कुनै समय निकै लोकप्रिय बाइक थियो ।...

यामाहा एमटी–१५ भी२ को बुकिङ खुल्ला, यस्तो छ मूल्य र विशेषता

यामाहा एमटी–१५ भी२ को बुकिङ खुल्ला, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल ‘ब्लु स्ट्रिक्स’

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल ‘ब्लु स्ट्रिक्स’

काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...