यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले भारतमा ट्रेसर नेमप्लेट पेटेन्ट गराएको छ । यामाहाले अन्तर्राष्ट्रिय बजारमा ट्रेसर नामबाट ठूला इन्जिन र धेर्र पावर भएको स्पोर्ट्स टुरर मोटरसाइकल बिक्री गरिरहेको छ । यसका आधारमा यामाहाले भारतमा पनि आगामी दिनमा यही ब्रान्डमा स्थानीय रुपमा आफ्नो स्पोर्ट्स टुरर मोटरसाइकल उतार्ने तयारी गरिरहेको अनुमान गरिएको छ ।

यामाहाले हाल ट्रेसर ७०० र ट्रेसर ९०० मोटरसाइकल केही देशहरुमा बिक्री गरिरहेको छ । कम्पनीले ट्रेसर ९०० मोटरसाइकल थाइल्यान्ड र इन्डोनेसिया जस्ता एसियाली देशमा बिक्री गरिहेको छ ।

यो भन्दा पहिले यामाहाले एक नयाँ इन्ट्री लेवल स्पोर्ट्स टुरर मोटरसाइकल लन्च गर्ने योजना बनाइरहेको समाचार सार्वजनिक भएको थियो । यसका आधारमा पनि धेरैले भारत र यसको आसपास बजारलाई लक्ष्यित गरी यामाहाले नयाँ मोटरसाइकल लन्च गर्ने अनुमान गरेका छन् ।

स्पोर्ट्स टुरर र एड्भेन्चर मोटराइकल भारतीय ग्राहकका बीच निकै नै लोकप्रिय मानिन्छन् । यी मोटरसाइकलमा हुने उच्च ग्राउन्ड क्लियरेन्स, राम्रो इर्गोनोमिक्स र आरामदायी सिटका कारण लामो दुरीको यात्राका लागि उपयुक्त मानिन्छन् ।

यी सबैका आधारमा यामाहाले हाल नयाँ ट्रेसर २५० मोटरसाइकल लन्च गर्ने तयारी भइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यसको डिजाइन अर्को ठूलो ट्रेसर ७०० जस्तो हुनेछ । सो सेमी फेयर्ड मोटरसाइकलमा एउटा ठूलो विन्डसिल्ड, यूएसडी फ्रन्ट फोर्क, स्प्लिट सिट जस्ता फिचर उपलब्ध हुने छन् ।

कम्पनीले आधिकारिक रुपमा यसको वारेमा केही जानकारी दिएको छैन । यद्यपि यामाहा एमटी–२५ मा भएको इन्जिन यसमा प्रयोग हुने अनुमान गरिएको छ । स्पोर्ट्स टुरर मोटरसाइकलमा हुने फिचरका लागि यसमा केही परिमार्जन गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

बर्जर पेन्ट्सले ल्यायो बर्जर फेस्टिभ राइड योजना, पेन्ट किन्दा यामाहा बाइक र स्कुटर जित्न सकिने

बर्जर पेन्ट्सले ल्यायो बर्जर फेस्टिभ राइड योजना, पेन्ट किन्दा यामाहा बाइक र स्कुटर जित्न सकिने

काठमाडौं – बर्जर पेन्ट्सले आउनै लागेको महान चाड दशैं र तिहारलाई लक्षित...

आर१५ भी४ को डेलिभरी प्रारम्भ : यस्तो छ फिचर र मूल्य

आर१५ भी४ को डेलिभरी प्रारम्भ : यस्तो छ फिचर र मूल्य

यामाहा मोटर इन्डियाले हालै नयाँ जेनेरेसनको वाईजेडएफ–आर१५ भी४.० बाइक लन्च...

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न, यी हुन् विजेता

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न, यी हुन् विजेता

काठमाडौं – यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...