जेठको अन्त्यसम्मा मोटरहेड अपग्रेडेड एमएच १५० आर नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं – मोटरहेडको नयाँ अपग्रेड गरिएको एमएच १५० आर बाइक नेपाली जेठको अन्त्यसम्ममा नेपालमा आइपुग्ने भएको छ । निषेधाज्ञाको कारण नेपाली बजार कस्तो हुने हो भन्ने निश्चित नभए पनि स्थिति सहज भएमा सो सयममा बिक्रीका लागि समेत उपलब्ध भइसक्ने आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले जनाएको छ ।

यो भन्दा पहिले मे महिना भित्रमा सो बाइक उपलब्ध भइसक्ने बताइएको थियो । हाल विषम परिस्थितिका कारण केही ढिलाई भएको छ ।

बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन हुनेछ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर हुनेछ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत हुनेछ ।

ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइरहेको छ ।

जारी निषेधाज्ञा खुले पश्चात विर्तामोड, कावासोती, धादिङ र मन्थलीमा समेत थ्रीएस सेन्टर खोल्ने तयारी भइरहेको कम्पनीको भनाइ छ । हाल काठमाडौं उपत्यकाका साथै इटहरी, बुटवल, पोखरा आदि मुख्य सहरहरुमा मोटरहेडको थ्रीएस सेन्टर छ । आगामी दिनमा अन्य स्थानमा समेत थ्रीएस सेन्टर स्थापना गर्ने योजना रहेको बताइएको छ ।

पहिलेको मोडलको मूल्य २ लाख ८८ हजार रुपैयाँ थियो । अपग्रेडेड मोडलको मूल्य भने कम्पनीले अहिले सार्वजनिक गरेको छैन ।

सम्बन्धित समाचारहरू

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक...

आयो मोटरहेडको नयाँ वर्ष अफर : सुपर सवारी २०८०

आयो मोटरहेडको नयाँ वर्ष अफर : सुपर सवारी २०८०

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड...

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

काठमाडौं – नेपाली बजारमा मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...