यस्तो छ हालै सार्वजनिक भएको बीएस६ इन्जिनयुक्त इसुजु हाइल्यान्डर पिकअपका ५ विशेषता

भारतमा हालै इसुजुको हाइल्यान्डर पिकअप बीएस६ इन्जिनमा सार्वजनिक गरिएको छ । नेपाली बजारमा पहिले देखि नै उपलब्ध हाइल्यान्डर पिकअप अब भने बीएस६ इन्जिनमा भारतमा लन्च भएको छ ।

सो पिकअपका विभिन्न विशेषताको वारेमा सामान्य जानकारी दिइएको छ ।

सस्तो मूल्य
भारतमा इसुजु हाइल्यान्डरको मूल्य १६ लाख ९८ हजार रुपैयाँ तोकिएको छ । इसुजु भी–क्रसको तुलनामा यो निकै नै सस्तो हो । भी–क्रसको मूल्य १९ लाख ९८ हजार रुपैयाँ छ ।

आरामदायी
नयाँ इसुजु हाइल्यान्डर पहिले भन्दा आरामदायी छ । यात्रुको सुविधालाई ध्यानमा राखेर यसमा बकेट सिट, म्यानुअल एसी, पावर विन्डो, ६–वे एड्जस्टेबल ड्राइभर सिट र फोल्डेबल सेकेन्ड रो सिट आदि उपलब्ध छ । यद्यपि यो भी–क्रस जस्तो प्रिमियम भने छैन ।

सेफ्टी फिचर
हाइल्यान्डरमा सेफ्टी फिचरको रुपमा ईबीडीका साथ एबीएस, ट्रयाक्सन कन्ट्रोल, ईएससी, ब्रेक ओभरराइड सिस्टम र ड्युअल फ्रन्ट एयरब्याग उपलब्ध छ । यसमा स्टिल अन्डरबडी प्रोटेक्सन पनि उपलब्ध छ ।

प्रिमियम एसेसरिज
हाइल्यान्डरका लागि कम्पनीले आधिकारिक एसेसरिज पनि सार्वजनिक गरेको छ । यसमा बेड लाइनर, कार्गो रेल, हाई लिड, डी–बक्स, स्पोर्ट्स बार, सिट कभर आदि उपलब्ध छ ।

पावरफुल डिजेल इन्जिन
हाइल्यान्डरमा १.९ लिटरको टर्बोचार्ज्ड, इनलाइन फोर डिजेल इन्जिन छ, जसले १६३ पीएस पावर र ३६० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल ट्रान्समिसन छ ।

सम्बन्धित समाचारहरू

इसुजु डी–म्याक्स हाईल्यान्डर अब अटाेमेटिक ट्रान्समिसनमा पनि

इसुजु डी–म्याक्स हाईल्यान्डर अब अटाेमेटिक ट्रान्समिसनमा पनि

इसुजुले डी–म्याक्स हाईल्यान्डरको २०२६ संस्करण लन्च गरेको छ । थुप्रै नयाँ...

एसएमएल इसुजुका कमर्सियल गाडीको फ्रि सर्भिस चेकअप क्याम्प सुरु

एसएमएल इसुजुका कमर्सियल गाडीको फ्रि सर्भिस चेकअप क्याम्प सुरु

काठमाडौं – एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...

भल्वोका निर्माण उपकरण किन्दा समृद्धि फाइनान्सले ८० प्रतिशत कर्जा दिने

भल्वोका निर्माण उपकरण किन्दा समृद्धि फाइनान्सले ८० प्रतिशत कर्जा दिने

काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र भल्वोको नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...