यामाहाले ल्याउने मिडिलवेट फुल्ली फेयर्ड सुपरस्पोर्ट बाइक आर७ को थप फिचर सार्वजनिक

यामाहाले आगामी मे १८ मा नयाँ बाइक आर७ को ग्लोबल डेब्यु गर्ने भएको छ । केही दिन पहिले यसको टिजर भिडियो सार्वजनिक भएको थियो । तर फेरि हालै यसको अन्य विभिन्न फिचर समेत सार्वजनिक भएको छ ।

यामाहा आर७ ले हाल बजारमा उपलब्ध आर६ लाई प्रतिस्थापन गर्ने बताइएको छ । आर७ को फ्रन्टमा ट्विन एलईडी डीआरएलका साथै एयर स्कुपका साथ प्राइमेरी हेडल्याम्प हुनेछ । त्यसैगरी यसको विन्डस्क्रिन आर६ भन्दा केही ठूलो देखिन्छ भने यसमा फेयरिङ पनि देख्न सकिन्छ ।

आर७ को इन्जिन स्पेसिफिकेसनको वारेमा धेरै जानकारी सार्वजनिक भएको छैन । तर पनि यसमा यामाहाको प्रचलित बाइक एमटी–०७ को इन्जिन प्रयोग हुने अनुमान गरिएको छ । यसले ७३ एचपी पावर र ६७ एनएम टर्क जेनेरेट गर्नेछ । यद्यपि बेटर पर्फमेन्सका लागि यसमा थप केही फिचर उपलब्ध हुने आशा गरिएको छ ।

नेपाली बजारमा आर६ ग्राहकको माग अनुसार उपलब्ध गराइएको थियो । आगामी दिनमा आर७ पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । मिडिलवेट फुल्ली फेयर्ड सुपरस्पोर्ट बाइक चाहने युवाहरुको माग अनुसार आगामी दिनमा यो बाइक पनि नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

यो बाइकको वारेमा थप जानकारी पाउनका लागि भने मे १८ नै कुर्नु पर्ने हुन्छ, जुन धेरै दिन टाढा छैन ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्यायो एरोक्समा आधारित अर्को नयाँ स्कुटर

यामाहाले ल्यायो एरोक्समा आधारित अर्को नयाँ स्कुटर

काठमाडौं–जापनिज टु ह्विलर निर्माता यामाहाले १५५ सिसीमा अर्को नयाँ स्कुटर...

यामाहाले ग-यो चौथो पुस्ताको एमटी ०७ बाइकको ग्लोबल लन्च

यामाहाले ग-यो चौथो पुस्ताको एमटी ०७ बाइकको ग्लोबल लन्च

यामाहाले नयाँ पुस्ताको एमटी ०७ बाइक ल्याएको छ । चौथो जेनेरेसनको सो बाइकमा...

यामाहाको नयाँ वर्ष स्किम विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिने

यामाहाको नयाँ वर्ष स्किम विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिने

काठमाडौं – यामाहा नेपालले नयाँ वर्षको अवसरमा ‘थ्रिल अफ थ्री’ स्किम ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...