हुन्डाईको यो कारले बनायो वर्ल्ड रेकर्ड : हाइड्रोजनका साथ चल्यो ९ सय किमी

हुन्डाईको एक कारले हाइड्रोजन इन्धनका साथ ९ सय किलोमिटरको यात्रा गरेर रेकर्ड कायम गरेको छ । हुन्डाई अष्ट्रेलियाको टिमले र्याली ड्राइभर ब्रेन्डन रिभेसका साथ सो रेकर्ड कायम गरेको हो । सो कारको नाम हुन्डाई नेक्सो हो ।

हुन्डाई नेक्सोले मेलबोर्न देखि ब्रोकन हिल सम्मको सो दुरी पार गरेर रेकर्ड कायम गरेको हो । वास्तविक रुपमा सो कारले यी दुई सहरका बीच रहेको ८८७.५ किलोमिटरको दुरी पार गरेको थियो ।

यो भन्दा पहिले सो रेकडए बर्टान्ड पिकार्डको नाममा थियो, जसले ७७८ किलोमिटरको दुरी पुरा गरेका थिए । रोचक पक्ष के छ भने पहिलेको रेकर्ड पनि हुन्डाई नेक्सोले नै बनाएको थियो । हुन्डाई नेक्सो हाइड्रोजनबाट चल्ने अष्ट्रेलियाको पहिलो कार पनि हो ।

हुन्डाई नेक्सोले आधिकारिक रुपमा सिंगल चार्जमा ६६० किलोमिटरको दुरी तय गर्छ । कम्पनीका अनुसार यो ३ देखि ५ मिनेटमै रिचार्ज हुन सक्छ । ब्रेन्डन रिभेसको सो रेकर्ड ट्रिपलाई कम्प्युटरले पनि रेकर्ड गरेको छ, जस अनुसार सो कारले अझै यो भन्दा पनि धेरै दुरी पार गर्ने सम्भावना छ ।

हुन्डाई नेक्सोले सो दुरी १३ घण्टा ६ मिनेटमा पार गरेको थियो । सो समयमा यसको औसत गति ६६.९ किलोमिटर प्रतिघण्टा थियो ।

सम्बन्धित समाचारहरू

बेस भेरिएन्टमा हुन्डाई क्रेटा र स्कोडा कुशाक मध्ये कुन उत्तम, यस्तो हुन सक्छ सम्भावना

बेस भेरिएन्टमा हुन्डाई क्रेटा र स्कोडा कुशाक मध्ये कुन उत्तम, यस्तो हुन सक्छ सम्भावना

एसयूभी सेग्मेन्टमा मार्केट लिडर हुन्डाई क्रेटालाई पछिल्लो समय भित्रिएका...

निजी क्षेत्रलाई जिवन्त, जिम्मेवार र जोशिलो बनाउने अञ्जन श्रेष्ठको वाचा

निजी क्षेत्रलाई जिवन्त, जिम्मेवार र जोशिलो बनाउने अञ्जन श्रेष्ठको वाचा

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष पदका...

नयाँ लुक र शक्तिशाली पावरट्रेनसहित २०२६ हुन्डाई प्यालिसेड सार्वजनिक

नयाँ लुक र शक्तिशाली पावरट्रेनसहित २०२६ हुन्डाई प्यालिसेड सार्वजनिक

हुन्डाई मोटर कम्पनीले न्युयोर्क अटो शोमा आफ्नो दोस्रो पुस्ताको २०२६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...