कोभिड बिरामी बोक्नका लागि फोर्सको सहयोग : जिपलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने

पोखरा – नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले कोभिड बिरामी बोक्नका लागि फोर्स कम्पनीकोट्रयाक्स क्रुजर जिप सहयोग गरेको छ । कोभिड महामारीको दोस्रो लहर बढेसँगै संक्रमितहरु दिनप्रदिन बढिरहेका र यस विषम परिस्थितिमा बिरामीहरुलाई गाउँगाउँबाट हस्पिटलसम्म बोक्नका लागि फोर्स ट्रयाक्स क्रुजर जिपलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी कम्पनीले सहयोग गरेको हो ।

आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुवबहादुर थापाले २ वटा जिप शनिबार नेपाली काँग्रेस कास्कीलाई हस्तान्तरण गरे । विभिन्न गाउँपालिका तथा ग्रामीण क्षेत्रबाट कोभिड बिरामी बोक्न जिप प्रयोग गर्नेगरी सहयोग गरिएको अध्यक्ष थापाले बताए । उनका अनुसार यी जिप कोभिड अवधिभर प्रयोग विरामी बोक्न प्रयोग गरिने छ ।

त्यसैगरी कम्पनीले पोखरा महानगरपालिका र लायन्सको सहकार्यमा लेखनाथमा बन्ने सय बेड क्षमताको कोभिड हस्पिटलका लागि पनि फोर्स जिप सहयोग गर्ने भएको छ ।

कोभिड महामारीको समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै थापाले आवश्यकता अनुसार आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लायन्सका पूर्व गभर्नरसमेत रहेका थापाले अन्य २ वटा फोर्स जिपसमेत एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी सहयोग गर्ने तयारी गरेका छन् । कोभिड अवधिभर प्रयोग गर्ने गरी विभिन क्षेत्र समेटेर ५ वटा जिप सहयोग गर्ने योजना थापाले बनाएका हुन् ।

थापाले आफू लायन्सको गभर्नर हुँदा फोर्स मोटर्सका करिब एक करोड रुपैयाँ बराबरका ३ वटा अत्याधुनिक एम्बुलेन्स गण्डकी, धौलागिरी र बागमती क्षेत्रमा चलाउने गरी सहयोग गरेका थिए । जुन एम्बुलेन्सले अहिलेसम्म पनि सेवा पुर्याइरहेका छन् ।

सम्बन्धित समाचारहरू

उत्कृष्ट विशेषताका साथ नेपाली बजारमा भित्रियो फोर्ड फिगो अटोमेटिक

उत्कृष्ट विशेषताका साथ नेपाली बजारमा भित्रियो फोर्ड फिगो अटोमेटिक

काठमाडौं – नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक भित्रिएको छ ।...

३० प्रतिशत डाउन पेमेन्टमै फोर्ड फ्रिस्टायल, बाँकी २० प्रतिशत रकममा उधारोको सुबिधा

३० प्रतिशत डाउन पेमेन्टमै फोर्ड फ्रिस्टायल, बाँकी २० प्रतिशत रकममा उधारोको सुबिधा

फोर्डको फ्रिस्टायल अब ३० प्रतिशत डाउनपेमेन्टमा नै खरिद गर्न पाइने भएको छ ।...

टाटा मोटर्सले किन्ने भयो फोर्ड इन्डियाको प्लान्ट, फोर्डका कर्मचारीले टाटामा काम गर्ने

टाटा मोटर्सले किन्ने भयो फोर्ड इन्डियाको प्लान्ट, फोर्डका कर्मचारीले टाटामा काम गर्ने

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडले फोर्ड इन्डियाको सानन्द,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...