एउटै इन्जिन भएका दुई फरक बाइक, यस्तो छ बजाज डोमिनार ४०० र पल्सर ४०० मा भिन्नता
बजाजले हालै पल्सर सिरिजमा सबैभन्दा शक्तिशाली मोटरसाइकल एनएस ४०० जेड लन्च...
भारतमा बजाज अटोले आफ्ना कर्मचारीहरुका लागि कोभिड–१९ को समय विशेष राहत प्याकेजको घोषणा गरेको छ । कम्पनीले आफ्नो प्लान्ट भएका सबै स्थानका कर्मचारी, उनका परिवार र समुदायका लागि २५० भन्दा धेरै बेडको व्यवस्था गरेको बताएको छ । त्यसैगरी कम्पनीका कुनै पनि कर्मचारीको कोभिड–१९ का कारण मृत्यु भयो भने उनका परिवारलाई दुई वर्ष सम्म आर्थिक सहायता दिइने छ ।
त्यसैगरी कर्मचारीका परिवारको शैक्षिक कार्यमा समेत सहयोग गर्नेछ । अस्पतालमा ५ वर्ष सम्म औषधि उपचार गर्नका लागि हस्पिटलाइज बिमाको समेत व्यवस्था गरिने कम्पनीको भनाइ छ ।
हाल भारतमा विभिन्न अटोमोबाइल कम्पनीहरुले विभिन्न प्रकारका राहत प्याकेजको घोषणा गरिरहेका छन् । बजाजले गत वर्ष पनि यस्तै प्रकारका विभिन्न सहयोग गरेको थियो ।
भारतमा विभिन्न अटोमोबाइल कम्पनीहरुले बिरामीलाई विभिन्न प्रकारका सहयोग गरिरहेका छन् । त्यसैगरी परीक्षण र खोप अभियानमा समेत सहयोग गर्नुका साथै खाद्य वितरण समेत गरिरहेका छन् ।
गत वर्ष बजाजले विभिन्न सरकारी, गैरसरकारी र स्थानीय प्रशासनको पहलमा विभिन्न क्षेत्रका लागि ३ अर्ब भारुको सहयोग गरेको थियो । यस अन्तर्गत १२ अक्सिजन प्लान्ट र श्वासप्रश्वासका लागि सहायक विभिन्न उपकरण समेत सामेल थिए ।
बजाजले हालै पल्सर सिरिजमा सबैभन्दा शक्तिशाली मोटरसाइकल एनएस ४०० जेड लन्च...
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
बजाज अटोले टु ह्विलरका लागि ४ वटा नयाँ नाम ट्रेडमार्क गरेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...