यामाहाले ल्याउँदै छ आर सिरिजको नयाँ मोटरसाइकल, आर७ हुने सम्भावना

यामाहाले हालै इन्जिन नोट सहितको एउटा सानो भिडियो सार्वजनिक गरेको छ, जसले कुनै आर फेमिलीको बाइक बजारमा आउने संकेत गरेको छ । २८ सेकेन्डको सो युट्युब टिजरका आधारमा यामाहाले एमटी–०७ प्यारालल ट्विन इन्जिनयुक्त फुल्ली फेयर्ड मोटरसाइकल आउँदै छ भन्ने अनुमान लगाउन सकिन्छ ।

के यामाहाले वाईजेडएफ–आर७ बाइक ल्याउदै छ त ? अनुमान यही गरिएको छ । भिडियोमा देखिएको टाइटल ट्रयाक, स्ट्रिट, पहाडी दृश्य र अन्तिममा लेखिएको ‘आर वर्ल्ड र कमिङ सुन’ का आधारमा यामाहाले अब आर सिरिजको नयाँ मोटरसाइकल ल्याउँदै भन्ने अनुमान गरिएको छ

गत फेब्रुअरीमै यामाहाले मिडिलवेट सुपरस्पोर्ट बाइक ल्याउँदै छ र यसले आर३ र आर१ बीचको ग्यापलाई पुरा गर्नेछ भनिएको थियो । यसका आधारमा अब यो मोटरसाइकलको नाम आर७ हुन सक्छ भनिएको छ ।

मोटरसाइकलमा एमटी–०७ को इन्जिन प्रयोग गरिने छ, जसले ७४ एचपी पावर दिन्छ । यद्यपि यसमा केही अपडेट पनि हुन सक्ने छ । यसमा फरक प्रकारको सस्पेन्सन सेटअप र ब्रेक प्रयोग हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यामाहाले चुपचाप बन्द गर्यो आर३ र एमटी ०३ को बिक्री, यस्तो छ कारण

यामाहाले चुपचाप बन्द गर्यो आर३ र एमटी ०३ को बिक्री, यस्तो छ कारण

यामाहाले आफ्ना मध्यम साइजका लोकप्रिय मोटरसाइकल आर३ र एमटी०३ गोप्य रूपमा...

महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल स्पोन्सर बन्यो यामाहा नेपाल

महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल स्पोन्सर बन्यो यामाहा नेपाल

काठमाडौं – यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र...

यामाहाले सार्वजनिक ग-यो एक्सएसआर सिरिजको सबैभन्दा सानो मोटरसाइकल

यामाहाले सार्वजनिक ग-यो एक्सएसआर सिरिजको सबैभन्दा सानो मोटरसाइकल

यामाहाले औपचारिक रुपमा युरोपेली बजारका लागि एक्सएसआर १२५ मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...