कोरोना संक्रमणसँग जुध्नका लागि गोल्छा ग्रुपद्वारा १ करोडको सहयोग

काठमाडौँ – गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ। गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई सो सहयोग रकम हस्तान्तरण गरे ।

कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो। अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै र अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा ग्रुपले उक्त सहयोग रकम हस्तान्तरण गरेको बताएको छ ।

गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरुद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताएको छ ।

गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अप्ठेरोमा पारेको समयमा यो सहयोग गरेको बताए । उनले गत वर्षको लकडाउनको समयमा सिंगापूरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पिसिआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरि ल्याएर सरकारलाई हस्तान्तरण गरेको समेत स्मरण गरे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले गोल्छा ग्रुपले यो विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको यो सहयोग अत्यन्तै समय सापेक्ष भएको र यो सहयोगले अवश्य पनि फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउने विश्वास व्यक्त गरे ।

गोल्छा ग्रुपले नेपाली बजारमा अन्य सामग्रीका साथै बजाज, केटीएम र हस्कभर्नाका बाइक बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

बजाजको ग्राण्ड एक्सचेन्ज कार्निभल सुरु, यस्ता छन् आकर्षण

बजाजको ग्राण्ड एक्सचेन्ज कार्निभल सुरु, यस्ता छन् आकर्षण

काठमाडौं–नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले...

बजाजको अर्को पल्सर आउने सम्भावना

बजाजको अर्को पल्सर आउने सम्भावना

टु–ह्विल निर्माता कम्पनी बजाजले नयाँ बाइक लन्च गर्ने भएको छ । मिडिया...

बजाजको पहिलो सीएनजी बाइक जुन १८ मा लन्च हुने

बजाजको पहिलो सीएनजी बाइक जुन १८ मा लन्च हुने

बजाजले चाँडै सीएनजी बाइक लन्च गर्ने भएको छ । यसको लागि कम्पनीले बजाज फाइटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...