बजाजको नयाँ दुई इलेक्ट्रिक बाइक फ्लुअर र फ्लुइर आउने

अटोमोबाइल क्षेत्रमा इलेक्ट्रिक भेइकलको माग बढिरहेको छ । इलेक्ट्रिक बाइकको मागलाई ध्यानमा राख्दै बजाजले इलेक्ट्रिक पोर्टफोलियो विस्तार गर्ने योजना बनाइरहेको छ ।

कम्पनीले हाले बजाज पल्सर र चेतक सहित कैयौ लोकप्र्रिय बाइक बिक्री गरिरहेको छ । हाल कम्पनीले दुई नयाँ नाम फ्लुअर (Fluor) र फ्लुइर (Fluir) रजिस्टर गराएको छ । रिपोर्टका अनुसार यो बजाजको आउन लागेका इलेक्ट्रिक बाइकको नाम हुने सम्भावना रहेको छ ।

बजाजले ट्रेडमार्क गराएका फ्लुइर एक स्पेनिश शब्द हो । जसको अर्थ स्ट्रिम/फ्लो हो । फ्लुअरको अर्थ स्त्राव हो । कम्पनीले परम्परागत आईसी इन्जिन भएका बाइकहरूको लागि त्यस्ता नामहरू प्रयोग गरेको छैन । किनभने कम्पनीसँग पहिले नै पाँचवटा सब–ब्रान्डहरू रहेको छ जसले बाइकहरु बिक्री गर्छ । कम्पनीले गत वर्ष भारतीय बजारमा इलेक्ट्रिक स्कुटर बजाज चेतक लन्च गरेको थियो ।

बजाज अटोले भारतीय बजारमा पल्सर रेन्जको ड्यागर एज एडिसन लन्च गरेको थियो । बजाज पल्सर लाइनअपमा पल्सर १५०, पल्सर १८० र पल्सर २२० एफ जस्ता मोडल समावेश रहेको छ । नयाँ ड्यागर एज एडिसन पल्सर बाइक निकै आकर्षक लुकको साथमा पेश गरिएको छ । कम्पनीले यसमा नयाँ ग्राफिक्स समावेश गरेको छ । साथै नयाँ रङमा उपलब्ध हुनेछ ।

तस्बिर : सन्दर्भको लागि मात्र (पल्सर १५०)

सम्बन्धित समाचारहरू

बर्दिवासमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न, दियो ८९ किमी माइलेज

बर्दिवासमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न, दियो ८९ किमी माइलेज

बर्दिवासस्थित बजाजको आधिकारिक बिक्रेता रामजानकी अटोले प्लाटिना...

पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य

पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज...

अब बजाज ग्रान्ड एक्सचेन्ज मेला विर्तामाेडमा, नागरिकताकै आधारमा बाइक लिन सकिने

अब बजाज ग्रान्ड एक्सचेन्ज मेला विर्तामाेडमा, नागरिकताकै आधारमा बाइक लिन सकिने

विर्तामोड – बजाज मोटरसाइकलको विर्तामोडका लागि आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...