रोयल इन्फिल्ड शटगन : ६५० सीसीमा रोयल इन्फिल्डको अर्को क्रुजर बाइक आउने

रोयल इन्फिल्डले भारतीय बजारमा ३५० सीसी देखि ६५० सीसीको नयाँ बाइक लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले चाँडै नै न्यु जेनेरेसन क्लासिक ३५० लन्च गर्ने भएको छ । साथै नयाँ ३५० सीसी टुर बाइक पनि सार्वजनिक गर्नेछ । ३५० सीसी टुर बाइकको नाम रोयल इन्फिल्ड हन्टर ३५० राखिने अनुमान गरिएको छ । यसको साथै नयाँ ६५० सीसी क्रुजर बाइक पनि परीक्षण भइरहेको छ ।

हाल रोयल इन्फिल्डले दुई नयाँ ६५० सीसी क्रुजर बाइक परीक्षण गरिरहेको छ । पहिलो मोडल पुरानो मोडल जस्तो हुनेछ भने दोस्रो मोडल आधुनिक स्टाइलको हुनेछ जसमा स्पोर्टियर स्टान्सको साथमा मिड सेड फुटपेग हुनेछ ।

रोयल इन्फिल्डले हालै नयाँ बाइकको नाम रजिस्टर गराएको छ । ती नामहरु फ्लाइङ फ्ली, रोडस्टर, हन्टर र शेर्पा समावेश रहेको छ । यसको साथै रोयल इन्फिल्ड शटगन बाइक भारतमा रजिस्टर गराइएको छ । रिपोर्ट अनुसार नयाँ शटगन बाइक ६५० सीसी क्रुजर बाइक हुने अनुमान गरिएको छ । जसलाई परीक्षणको समयमा धेरैले देखेका थिए ।

रिपोर्टका अनुसार परीक्षण कालमा रहेको नयाँ बाइकमा गोलो हेडल्याम्प रहेको छ । साथै यसलाई हावाबाट बचाउनको लागि ठूलो भाइजर, पातलो इन्धन ट्यांक र अलोय ह्विल समावेश गरिएको छ ।

इन्टरसेप्टर ६५० को तुलनामा नयाँ बाइकको ह्वीलवेस लामो रहेको छ । यसमा स्प्लिट सिट, ट्वीन पाइप एक्जस्ट सिस्टम, राउन्ड टेलल्याम्प र टर्न इन्डिकेटर्स तथा चौडा रियर फेन्डर हुनेछ । सो बाइकमा फरवार्ड सेट फुट पेग्स र चौडा ह्यान्डलबार हुनेछ ।

रोयल इन्फिल्डको नयाँ ६५० सीसी क्रुजर बाइकमा ६४९ सीसीको ट्वीन सिलिन्डर इन्जिन समावेश गर्ने अनुमान गरिएको छ । सो इन्जिन कन्टिनेन्टल जीटी ६५० र इन्टरसेप्टर ६५० मा पनि समावेश गरिएको छ । सो इन्जिनले ४७ पीएसको पावर र ५२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

रोयल इन्फिल्ड शटगनमा क्रुजर बाइकमा जस्तै १९ इन्चको फ्रन्ट ह्विल र १७ इन्चको रियर ह्विल समावेश गर्ने अनुमान गरिएको छ । सो बाइकको पछाडि अपसाइड डाउन फ्रन्ट फोर्क्स र पुरानो मोडलको ट्विन सक एब्जर्बर हुनेछ । ब्रेकिङको लागि सो बाइकमा डिस्क ब्रेक, ड्युअल च्यानल एबीएस सिस्टम र असिस्टको साथमा स्लिपर क्लच समावेश हुनेछ ।

सम्बन्धित समाचारहरू

प्रतिस्पर्धीले मूल्य बढाएपछि रोयल इन्फिल्डलाई झनै सजिलो, उही सेग्मेन्ट तर मूल्यमा लाखौ फरक

प्रतिस्पर्धीले मूल्य बढाएपछि रोयल इन्फिल्डलाई झनै सजिलो, उही सेग्मेन्ट तर मूल्यमा लाखौ फरक

आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...

हन्टर टिकटक च्यालेन्जमा बिजयी हुने तीन जनाले पाए नगद पुरस्कार

हन्टर टिकटक च्यालेन्जमा बिजयी हुने तीन जनाले पाए नगद पुरस्कार

काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...

लन्च हुनु भन्दा पहिले नै रोयल इन्फिल्डको सबैभन्दा कम मूल्यको बाइक हन्टर सार्वजनिक

लन्च हुनु भन्दा पहिले नै रोयल इन्फिल्डको सबैभन्दा कम मूल्यको बाइक हन्टर सार्वजनिक

रोयल इन्फिल्ड हन्टर लन्च हुनु भन्दा पहिले यसको विस्तृत विवरण सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...