केटीएम ३९० एड्भेन्चरलाई पछि पार्दै रोयल इन्फिल्ड मेटियर बन्यो इन्डियन मोटरसाइकल अफ द इयर

भारतमा प्रतिष्ठित मानिने इन्डियन मोटरसाइकल अफ द इयर (आईमोटी) २०२१ अवार्ड रोयल इन्फिल्ड मेटियरले प्राप्त गरेको छ । मेटियरले दोस्रो स्थानमा रहेको केटीएम ३९० एड्भेन्चर र तेस्रो स्थानमा रहेको हिरो एक्सट्रिम १६० लाई जितेर सो अवार्ड पाएको हो ।

अवार्डको दौडमा बजाज डोमिनार २५०, हिरो ग्ल्यामर १२५, हिरो प्यासन प्रो, होन्डा हर्नेट २.० र हस्कभर्ना स्भार्टपिलेन २५० समेत गरी ८ बाइक सहभागी थिए ।

भारतका प्रतिष्ठित अटोमोटिभ पत्रकारहरुको समूहले विभिन्न विशेषताका आधारमा प्वाइन्ट प्रदान गरेका थिए र सबै प्वाइन्टलाई मिलाएर विजेता घोषणा गरिएको हो ।

मेटियर ३५० मा पावर दिनका लागि ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ६१०० आरपीएममा २०.२ बीएचपीको पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा हाल यो बाइक अझै उपलब्ध भइसकेको छैन ।

यो पनि पढ्नुहोस यी हुन् हालै लन्च भएको रोयल इन्फिल्ड मेटियर ३५० बाइकमा भएका ७ विशेषता

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...