बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा रोयल इन्फिल्ड हिमालयनको अपडेटेड मोडल २०२१ हिमालयन लन्च भएको छ । सो बाइक तीन नयाँ कलर अप्सन सिल्भर, ग्रेनाइट ब्ल्याक र पाइन ग्रिनका साथ उपलब्ध भएको छ ।
यो बाइकमा गरिएको सबैभन्दा महत्वपूर्ण अपडेट ट्रिपर नेभिगेसन हो । रोयल इन्फिल्डले यो प्रविधि सबैभन्दा पहिले मेटियर ३५० बाइकमा गरेको थियो । ट्रिपर नेभिगेसनमा इन्स्ट्रयुमेन्ट कन्सोलका साथ एक डिस्प्ले युनिट छ, जसले गन्तब्यका लागि एक नेभिगेसन एरो प्रदर्शित गर्छ ।
रोयल इन्फिल्डका सीईओ विनोद के. दासरीले ५ वर्षको बीचमा रोयल इन्फिल्ड हिमालयन विश्वका टुरिजम र एड्भेन्चर प्रेमीको बीचमा स्थापित भएको र राइडरको चाहना अनुसार यसलाई स्थापित गरिएको बताए । यसको कार्यक्षमता र ड्राइभिङ अनुभवलाई बढाउने गरी अपडेट गरिएको उनले बताए ।
बाइकमा राइडरका लागि फ्रन्ट फ्लाई स्क्रिन र मल्टी फङ्सन एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ । इन्स्ट्रयुमेन्ट क्लस्टरमा स्पिडोमिटर, ओडोमिटर, फ्युल गेज, ट्रिप मिटर, टेम्परेचर इन्डिकेटर, गियर पोजिसन इन्डिकेटर र डिजिटल कम्पास उपलब्ध छ ।
२०२१ रोयल इन्फिल्ड हिमायलयनको पावर स्पेसिफिकेसनमा भने केही परिवर्तन गरिएको छैन । यसमा बीएस६ मापदण्डयुक्त ४११ सीसी, एयरकुल्ड, एफआई युनिटको इन्जिन छ । सो इन्जिनले २४.३ बीएचपी पावर र ३२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ ।
बाइक बजारमा उपलब्ध बजाज डोमिनार ४००, बीएमडब्ल्यु जी३१० जीएस र हिरो एक्सपल्स २०० जस्ता बाइकसँग यो बाइकको प्रतिस्पर्धा हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...