चीनमा बन्यो रोयल इन्फिल्ड हिमालयन जस्तै तर धेरै फिचर भएको बाइक

कतिपय चाइनिज कम्पनीहरु अन्य कम्पनीको इलेक्ट्रोनिक्स र ग्याजेटको साथै विभिन्न सवारी साधनको हुबहु नक्कल गर्न माहिर छन् । चीनको कम्पनीले लम्बोर्गिनीदेखि डुकाटीसम्मका सबै कार र बाइक नक्कल गरिसकेका छन् । चीनको एक कम्पनीले हालै रोयल इन्फिल्ड हिमालयन जस्तै, तर यो भन्दा बढी फिचर भएको बाइक सार्वजनिक गरेको छ । सो बाइकको नाम हानवे जी३० राखिएको छ । यो एक एड्भेन्चर बाइक हो । बाइकलाई आकर्षक बनाउनको लागि बाइकमा एलईडी लाइट, फुल डिजिटल स्क्रिन र अपसाइड डाउन फ्रन्ट फोर्क्स समावेश गरिएको छ । हानवे जी३० मा २४९ सीसी सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले २६ बीएचपीको पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकको पावरट्रेन हिमालयनमा जस्तै डुप्लेक्स स्प्लिट डबल क्रेडल च्यासिसमा उपलब्ध रहेको छ । साथै यसमा ३५ एमएम यूएसडी फ्रन्ट फोर्क र रियरमा मोनोसक उपलब्ध रहेको छ । रोयल इन्फिल्ड हिमालयनमा ४११ सीसी बीएस६ सिंगल सिलिन्डर ४ स्ट्रोक, एसओएचसी, एयर कुल्ड फ्युल इन्जेक्सन इन्जिन समावेश रहेको छ । जसले ६५०० आरपीएममा २४.३ बीएचपीको पावर र ४०००–४५०० आरपीएममा ३२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड गियरबक्समा उपलब्ध रहेको छ । हानवे जी३० आकर्षक बनाउनको लागि यसमा अतिरिक्त किट समावेश गरिएको छ । सो बाइकको स्पोक ह्वीलमा ट्युबलेस टायर, टीएफटी इन्स्ट्रयुमेन्ट, यूएसडी फोर्क्स र डीआरएलको साथमा एलईडी हेडल्याम्प जस्ता फिचर समावेश गरिएको छ । सो फिचर रोयल इन्फिल्ड हिमालयनमा समावेश गरिएको छैन । सो बाइकको मूल्य हिमालयन बाइकको मूल्य भन्दा सस्तो रहेको छ । सो बाइकको मूल्य लगभग करिव ३ लाख ६० हजार रुपैयाँ रहेको छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...